स्वदेश फर्किन लागेका राजदूत शर्माको बिदाई (फोटोफिचर)

अमेरिकाको डिसी महानगर क्षेत्रबाट नियमितरुपले प्रकाशन हुँदै आएको पाक्षिक नेपाली पत्रिका विश्व परिक्रमाको आयोजनामा आफ्नो ४ वर्षे कार्यकाल पूरा गरी नेपाल फर्कन लाग्नु भएका अमेरिकाका लागि नेपाली राजदूत डा शंकर प्रसाद शर्माको बिदाई कार्यक्रम ‘धन्यबाद राजदूत’ को तूल तथा मंगल वाचनसहित टिका लगाई राजदूतलाई बिदाई गरिएको छ ।america-2
 छिट्टै नेपाल फर्कने तरखरमा रहनु भएका राजदूत शर्मा उक्त बिदाई समारोहमा आफ्नो मन्तव्य राख्दै राजदूत शर्माले आफ्नो कार्यकालमा सबैको अपार सहयोग र माया पाएको उल्लेख गर्दै नेपाल सरकारले दिएको उत्तर दायित्व बहन गर्दै आफुले केही काम गर्ने सफल भएकोमा हर्ष ब्यक्त गर्नु भयो । मन्तब्य कै क्रममा आफ्नो प्रयास रहदा रहदै पनि अमेरिकी विदेशमन्त्रीको नेपाल भ्रमण तय भइ लगभग अन्तिम अवस्थामा भै सकेको भएता पनि नेपालको संबिधान सभा तुहिएको कारण पूरा हुन नसकेको खुलाशा गर्नु भयो ।america-1
 बिश्व परिक्रमाका प्रधान सम्पादक गोबिन्द गिरि प्रेरणाले राजदूत शर्मा अमेरिका आउँदा पनि पत्रकारहरुको तर्फबाट सर्व प्रथम स्वागत गर्न पाईएको थियो भन्दै बिदाई पनि पत्रकारहरुको तर्फबाट गर्न पाईएको संयोग परेकोमा हर्ष व्यक्त गरेका थिए । कार्यक्रमको अध्यक्षता गरेका गिरीले अमेरिकी नेपाली समुदायका आँखाको नानी वन्नु भएका राजदूत शर्मालाई कुनै भौतिक उपहार भन्दा हृदयको मायाँ उपहार दिन ‘धन्यबाद राजदूत ‘कार्यक्रमको आयोजना गरेको चर्चा गरे । उनले राजदूत शर्माको कार्यकालमा भएका उपलब्धिको बारेमा चर्चा गरेका थिए ।america-3
साहित्यकार तथा कवि वसन्त श्रेष्ठले राजदूतको सम्मानमा कविता प्रस्तुत गरेका थिए भने पण्डित राजेन्द्र खनालले मँगल वाचन सहित विदाईको टीका लगाई दिएका थिए । ​अमेरिका भरका सम्पूर्ण संघ तथा संस्थाको तर्फबाट यही पौष २१ गते राजूद्तलाई अन्तिम भब्य बिदाई गरिने भएको छ ।america-4

0 comments

Write Down Your Responses

Powered by Blogger.