कुवेतमा नेपाली दूतावासका कर्मचारी पक्राउ, मानहानी भयो भन्दै विरोधपत्र बुझाइयो
दूतावासका दुई कर्मचारीसहित तीन नेपालीलाई स्थानीय प्रहरीले पक्राउ गरेपछि कुवेतस्थित नेपाली दूतावासले मानहानी भएको भन्द्यै त्यहाँको सरकारलाई विरोधपत्र बुझाएको छ ।
प्रहरीले स्थानीय समयअनुसार शनिबार साँझ ७ बजे नेपाली दूतावासमा स्थानीय कर्मचारीको रुपमा कार्यरत राजु क्षेत्री तथा स्वराज अहमद र क्षेत्रीकी पत्नीलाई पक्राउ गरेको थियो । दूतावसको पहलमा दुबै कर्मचारी रिहा भइसकेका छन् भने क्षेत्रीकी पत्नी प्रहरीको नियन्त्रण मै छिन् । कर्मचारी पक्राउ परेको तेस्रो दिनसम्म घटना गुपचुप नै राखिएको थियो ।

प्रहरीले बिनाजानकारी कर्मचारी पक्राउ गरेपछि दूतावासले सोमबार कुबेतको विदेश मन्त्रालयलाई विरोधपत्र बुझाएको हो । ‘हाम्रो मानहानी भयो भनेर कुवेतको विदेश मन्त्रालयलाई पोस्टेट लेटर -विरोधपत्र० बुझाएका छौं,’ कुवेतका लागि नेपाली राजदूत मधुवन पौडेलले टेलिफोनमा भने,’कुवेतको सविदेश मन्त्रालयले नहुनुपर्ने भयो भनेर मौखिक रुपमा क्षमयाचना गरेको छ । यसलाई सकेसम्म छिटो कुटनीतिक तहबाट समाधान गर्न हामीले भनेका छौं ।’ राजदूत पौडेलले कर्मचारीकी पत्नीको मुद्दा मामिला भएकाले रिहा गर्न नसकिएको जानकारी दिएको खबर नागरिक दैनिकले छापेको छ । उनलाई मंगलबार रिहा गर्ने सम्भावना भएको पौडेलको भनाई छ ।
0 comments
Write Down Your Responses