नेपालमा लगानी बढाउन फ्रान्सलाई अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री शंकरप्रसाद कोइरालाले शिक्षा, स्वास्थ्य, पर्यटन र भौतिक पूर्वाधारका क्षेत्रमा लगानी बढाउन फ्रान्स सरकारसँग आग्रह गर्नुभएको छ । नेपालका लागि फ्रान्सेली राजदूत मार्टिन बासेरोसँग अर्थ मन्त्रालयमा सोमबार भएको भेटमा मन्त्री कोइरालाले द्विपक्षीय तथा आर्थिक सम्बद्ध सुदृढ गर्न आवश्यक भएको बताउनु भयो । Finance-minister
भूकम्प प्रविधिका क्षेत्रमा तीन दशकदेखि फ्रान्स सरकारले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै त्यसलाई निरन्तरता दिन र सगरमाथा आधार शिविरमा पर्वतारोहण सम्बन्धी विद्यालय स्थापनामा सहयोग गर्न आग्रह गर्नुभयो ।
सो अवसरमा राजदूत बासेरोले फ्रान्स सरकारले शहरी विकास, सडक बत्ती, सौर्य उर्जा र यातायातको क्षेत्रमा लगानी विस्तार इच्छुक रहेको जानकारी बताउनु भयो ।े प|mान्सेली लगानीकर्ताहरुको टोली केही दुई महिनाभित्र नेपाल आउने भएकाले तिनीहरुलाई सहयोग गर्न सरकारको ध्यानाकर्षण गराउँदै उहाँले काठमाडौमा केवलकार निर्माण गर्न आफ्नो सरकारले छिट्टै अध्ययन थाल्ने बताउनु भयो ।
मन्त्री कोइरालाले सरोकारवाला मन्त्रालय, निजीक्षेत्रलाई सहभागी गराएर यस्ता कार्यक्रम सम्पन्न गर्न सुझाव दिँदै जननिर्वाचित सरकारले वैदेशिक सहयोगलाई प्रोत्साहित गर्ने विश्वास दिलाउनु भयो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.