ताइवानमा सकियो ९ दिने नेपाल सप्ताह कार्यक्रम

नेपाल र नेपाली संस्कृतिवारे जानकारी गराउने उदेश्यले ताइवानको तायिचुंग सहरमा रहेको पेइथुममा नेपाल सप्ताह सम्पन्न भएको छ । थ्री स्टार्स नेपाल तायिचुंग र नेपाल ताइवान संघको संयुक्त आयोजनामा भएको सप्ताहमा १५ सय भन्दा बढी ताइवानीहरुले आवलोकन गरी नेपाल र नेपाली संस्कृति बारे जानकारी लिएको थ्री स्टार्स नेपालका प्रोप्राइटर एबम कार्यक्रमका संयोजक समाजसेवी सुर्यप्रसाद जैसीले बताउनु भयो ।nepal-saptaha
 कार्यक्रममा नेपाली संस्कृति झल्कने विभिन्न किसिमका लुगाहरु, खानाहरु र फोटोहरु प्रदर्शनीमा राखिनुको साथै दैनिकरुपमा नेपाली गीत, नाच र अन्य साँस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको थियो । कार्यक्रमको पहिलो दिन ताइवानी सितारबादकले आफ्नो कला प्रदर्शन गर्नु भयको थियो ।
यस्तै अन्तिम दिन डिसेम्बर १ मा तायिचुंगका स्थानीय नर्तकीहरुले विभिन्न नेपाली नृत्य पस्केका थियो । थ्री स्टार्स नेपालले ताइवानमा नेपाल चिनाउने यस्ता कार्यक्रमहरु बिगतमा पनि गर्दै आएको र भविश्यमा पनि लगातार गर्दै जाने जैसीले बताउनु भयो । तायिचुंग र ताइवानको अन्य क्षेत्रमा रहेका नेपालीहरुले सो कार्यक्रममा आफ्ना कलाहरु प्रदर्शन गर्नुका साथै यस्ता कार्यक्रमले नेपाल चिनाउन मद्दत गर्ने कुरा बताएका थिए । सप्ताह नोवेम्बर २३ देखि डिसेम्बर १ सम्म चलेको थियो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.