जनसम्पर्क समिति कतारको बनभोज कार्यक्रम सम्पन्न (फोटोफिचर)

नेपाली जनसम्पर्क समिति कतारको चौथो बृहत बनभोज तथा बिजय उत्सब कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । बनभोज कार्यक्रमको शुक्रबार समाल गार्डेनमा समितिका सभापति बिमल सुवेदीको सभापतित्व एवम् संस्थापक सल्लाहकार संयोजक बद्रि पाण्डेको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो ।jana-1
सभापति सुवेदीले बिगतका बनभोज कार्यक्रम भन्दा केहि पृथक र महत्व बोकेको बताउँदै भर्खरै सम्पन्न संबिधान सभामा नेपाली काँग्रेसको बिजयलार्इ पनि उत्सबमारुपमा काँग्रेसको प्रवासस्थित भातृसंगठन जनसम्पर्क समिति कतारले मनाइएको बताउनु भयो । प्रमुख अतिथि संस्थापक सल्लाहकार संयोजक बद्रि पाण्डे र बिशेष अतिथि संस्थापक सभापति एवं महासमिति सदस्य नरेन्द्र भाटले आ-अफ्नो मन्तब्यमा नेपाली कांग्रेसको बिजयका लागि प्रवासमा रहेर महत्वपूर्ण भूमिका निभाउने जनसम्पर्क समिति लगायत सबैलाइ धन्यबाद दिदै निर्वाचन शान्तिपुर्व सम्पन्न गराउन सफल नेपाल सरकार, निर्वाचन आयोग, सुरक्षाकर्मी लगायत सबै मतदाताहरु धन्यबादको पात्र भएको बताउनु भयो । महामन्त्री धिरज चामलिंग राइले संचालन गर्नु भएको कार्यक्रममा स्वागत मन्तब्य सहमहामन्त्रि मोहम्मद अजिज अलिले राख्दै कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियो ।jan-2
अथितिहरुमा श्रीमती शुशिला पाण्डे, महासमिति सदस्य युबराज पाठक, महाधिवेशन प्रतिनिधि मोहम्मद शाकिर अलि, अर्जुन खड्का, निवर्तमान कार्यसमितिका बिशेष समन्वय समिती संयोजक राजेश दर्शन अर्याल, निवर्तमान उपसभापति भूपति भट्टराई, निवर्तमान महामन्त्री करिम बख्श मिया, सल्लाहकार तथा बिधान संसोधन संयोजक क्रान्ति सिंह, निवर्तमान कार्यसमिति सदस्य कुमार कार्की, भात्री संगठनका प्रमुखहरु मुस्लिम संघ जनसम्पर्क समिति, तरुणदल जनसम्पर्क समति, दलित संघ, इकाई समितिका सभापतिहरु लगायत पत्रकार महासंघका उपाध्यक्ष गणेश बन्जाडे, सचिब दिपक पुडासैनी, पत्रकार खगेन्द्र कार्की र चिरिन्जिवी तिमिल्सिना, ब्यबसायी बुद्धिजीवीहरु लगायत अधिवेशन प्रतिनिधिहरु सहित २५० जनाको उपस्थिति रहेको थियो ।jana-3
कार्यक्रमको औपचारिक उद्घाटन ब्यानर अनावरण र राष्ट्रिय गानबाट सुरु गरिएको थियो । १ मिनट ज्ञात अज्ञात सहिदहरुप्रति मौन धारण गरिएको कार्यक्रममा विभिन्न खाले सांगीतिक प्रस्तुतीहरुले अझै रौनक थपेको थियो । देशभक्ति तथा काँग्रेसका बिजयी गित लोक दोहोरी लगायत नृत्य कलाकारहरुले पनि आफ्नो कला प्रस्तुत गरेका थिए  ।उनीहरुलाई अतिथीहरुले पनि नाचेर साथ दिएका थिए ।  कार्यक्रममा राष्ट्रियता लोकतन्त्र र समाजवादलार्इ जनसम्पर्क समिति कतारमा आवद्द रहेर पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै प्रमाण पत्र र प्रशंसा पत्रले सम्मान गरिएको थियो ।jana-4
सोही कार्यक्रममा नेपाली जनसम्पर्क समिति कतारको बनभोज कार्यक्रममा गायिका इन्दिरा शाहको गीति एल्बम पनि बिमोचन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि, बिशेष अतिथी र अतिथीहरुले सिडीलार्इ अनावरण गरी बिमोचन गर्नु भएको थियो भने गायिका इन्दिरा शाहले एल्बमकै गित गाउँदै उक्त एल्बमको बिमोचन गर्न कार्यक्रममा अवसर जुटाई दिएकोमा जनसम्पर्क समितिलाइ धन्यवाद दिनु भएको थियो ।
 jana-5

0 comments

Write Down Your Responses

Powered by Blogger.