सप्तरीमा बल्ल थालियो सीमा स्तम्भ मर्मत कार्य दुई सय ५८ मध्ये दुई दर्जनको मर्मत कार्य पूरा

भारत–नेपाल बीचको दशगजामा अधिकांस सीमा स्तम्भ हराई रहेको भनि चर्चा चलिरहेकै बेला सप्तरी खण्डमा भने नेपाली पक्षले पूराना सीमा स्तम्भ मर्मतको काम शुरु गरेको छ । नापी विभागका ईन्जिनियर खिमलाल गौतमको नेतृत्वमा आएको टोलीले तीन दिनदेखि मर्मत सम्भार कार्य सञ्चालन गरेको हो । सप्तरीको तिलाठीबाट मर्मत कार्य शुरु गरी हालसम्म २५ ओटा सीमास्तम्भको मर्मत कार्य पूरा भएको टोलीका सर्भे ओभरसियर कृष्ण बहादुर थापाले जानकारी दिए ।
केन्द्रीय तथ्याङ्क अनुसार सप्तरीको भू–भागमा ६ सय ५० ओटा सीमा स्तम्भ हुनुपर्नेमा हाल २ सय ५८ मात्र पत्ता लागेको जानकारी उनले बताए । फेला परेका ती सीमा स्तम्भ मध्ये अधिकांस जीर्ण अवस्थामा रहेको जानकारी दिँदै उनले भने– ‘ कतिपय साना सीमा स्तम्भ जीर्ण हुनुका साथै माटोमुनि छोपिएको अवस्थामा भेटिएका छन्’ थापाले भने ‘ त्यस्तालाई समेत पत्ता लगाई उकास गर्नुका साथै मर्मतको काम गरिरहेका छौं ।’
हाल सीमास्तम्भको मर्मत कार्य तीब्र गतिमा भईरहेको जानकारी दिँदै उनले शुरु–शुरुमा दिनभरी काम सकेर फर्किने गरेकोमा राती अज्ञात व्यक्तिहरु आएर आएर भत्काई दिने गरेका कारण केही दिन समस्या झेल्नु परेको गुनासो समेत गरे । सशस्त्र प्रहरी कडाईका साथ निगरानी गरे पछि राती आएर काम बिगार्ने समस्या समाधान भएको सर्वे ओभरसियर थापाले बताए ।कतिपय सीमास्तम्भ खोलाको डिलमा रहेका कारण कुनैबेला पनि भासिन सक्ने जानकारी दिँदै ती सबैको तत्कालै संरक्षणको व्यवस्था गरिनुपर्ने उनले बताए । रेकर्ड अनुसारको सीमा स्तम्भ नहुनुको प्रमुख कारण कतिपय स्तम्भहरु हराईसकेको, टुटफूट भईसकेको तथा करिब सय ओटा जति कोशी नदीमै परेको जानकारी दिँदै उनले भने– जीपिआरएस प्रविधीबाट सीमा स्तम्भको लोकेसन सजिलै देख्न सकिन्छ तर भारतीय पक्षको उपस्थिति हुन नसकेका कारण नयाँ स्तम्भ निर्माण गर्न समस्या भएको छ, हामीले हाल मर्मत सम्भार, रंगरोगन तथा नम्वर लेख्ने काम मात्र भईरहेको छ ।
लासप्तरीका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेलले हराएका सीमास्तम्भहरुको पत्ता लगाई नयाँ सीमा स्तम्भ निर्माणका लागि भारत र नेपाल दुवैको उच्च स्तरीय संयुक्त टोलीको उपस्थिति आवश्यक रहेको बताउँदै तत्कालका लागि नेपाल पक्षले बिजोर नम्वरका सीमा स्तम्भ मर्मत कार्य मात्र भईरहेको बताए । सन् २००७ पछि सीमास्तम्भको विषयमा उच्चस्तरीय टोली गठन नभएका कारण हराएका सीमास्तम्भको पुनरस्थापन कार्य रोकिएको उनको भनाइ छ । कोशीदेखि बलान नदीसम्मको सप्तरी खण्डका ७८ किलो मिटर क्षेत्र भित्रका बिजोर सीमास्तम्भ मर्मत कार्य नेपालले गर्ने र जोर नम्वरका सीमास्तम्भ मर्मत भारतले गर्ने सहमति अनुरुप काम भईरहेको प्रजिअ पौडेलले जानकारी दिए । सीमा स्तम्भ मर्मत सम्भार सम्वन्धी काम आफूहरुले गराउन पाउने वैधानिक प्रावधान रहेको जनाउँदै उनले स्थानीय एक्पर्ट उपलब्ध नभएका कारण विभागबाट ईन्जिनियर खिमलाल गौतम सहितको टोलीको सहयोगमा काम भईरहेको बताए ।
सीमा स्तम्भ मर्मत कार्यमा खटिएका टोलीलाई सुरक्षाको पूर्ण व्यवस्था मिलाईएको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय राजविराजका प्रहरी उपरिक्षक अभि कुमार खत्रीले जानकारी दिए । आफूहरुले सीमा स्तम्भको सुरक्षा गर्नुका साथै त्यसको अवस्थाबारे विभागलाई जानकारी गराउने कार्य गर्दै आएको तथा सीमा स्तम्भ पुनरनिर्माण कार्य सम्वन्धित निकाय मार्फत नै हुने गरेको उनले जानकारी दिए ।
sima ablokan 1

0 comments

Write Down Your Responses

Powered by Blogger.