वृहत्तरको कार्यशैली बाट दातृ निकाय रुष्ट।

CIMG5166
जनकपुर वृहत्तर क्षेत्र विकास परिषदको कार्यशैली बाट दातृ निकाय रुष्ट बनेको छ।
जनकपुर सौन्दर्यीकरण परियोजना अन्तर्गत भारत सरकार बाट अनुदान सहयोग बाट गुणस्तरहिन काम भएको भन्दै दातृ निकाय रुष्ट भएको हो।
स्थानीय रंग भूमि मैदान, गंगा सागर र धनुषा सागर पोखरी सौन्दर्यिकरणका लागि बृहत्तरले गरेको काम बाट बीरगंज स्थित भारतीय महावाणिज्य दुतावासकी काउंसल जनरल श्रीमती अंजु रंजन रुष्ट भएकि छिन्।
विगत तीन दिन अगाडी मात्र काउंसल जनरलमा नियुक्त भएकी रंजनले वृहत्तरले गरेको कामहरुको निरिक्षण पछि गुणस्तरहिन काम भएको बताएकी छिन्। रंगभूमि मैदान सौन्दर्यिकरण अन्तर्गत बाँकी रहेको रकमको चेक शुक्रबार हस्तान्तरण गर्न यहाँ आएकी रंजनले भनिन- ‘ ज्यादै घटिया स्तरको काम भएको छ, हामीले यस्तो आशा गरेका थिएनौँ।”
जनकपुरको विकासका लागि भारत तन, मन धनले तयार छ तर परियोजना अन्तर्गत भएको काम हेर्दा सन्तुष्ट हुने ठाउँ छैन् उनको कथन थियो। भारतले सहयोग गरेको सौन्दर्यिकरण परियोजनाले जनकपुरवासी खुशी होला सोँचेका थियौँ उनले भनिन अहिले सम्मको काम हेर्दा जनकपुरवासी र भारत दुबैको सम्मान घटेको भान भएको छ।
वृहत्तरका अध्यक्ष रामकुमार शर्माले जनकपुरलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न भारतको निरन्तर सहयोगको आवश्यक्ता रहेको आग्रहमा रंजनले भनिन – ‘ विगतको परियोजनाहरु पूर्ण रुपमा सफल न भए सम्म अर्को परियोजना थप गर्ने अवस्था छैन्, तँपाईहरु चालु रहेको परियोजना पुरा गर्नुस त्यस पछि विचार गर्न सकिन्छ।’
३ करोड ६४ लाख ८९ हजार ९७५ रुपैयाको रंगभुमि मैदान सौन्दर्यिकरण परियोजना अन्तर्गतको वृहत्तरले पाउन बाँकी रहेको चौथो र अन्तिम किस्ता ५५ लाख ८९ हजार ३ सय ५१ रुपैयाको चेक रंजनले वृहत्तर अध्यक्ष शर्मालाई हस्तान्तरण गरेकी थिइन्।
बीरगंज वाणिज्य दुतावासले रंगभूमि मैदान परियोजनाको चौथो र अन्तिम किस्ता हस्तान्तरण गरेको बताए पनि वृहत्तरका कार्यकारी निर्देशकले सम्झौता अन्तर्गत अझै डेढ करोड रकम लिन बाँकी रहेको बताएका छन्।
यसअघि, अध्यक्ष शर्माले जनकपुरलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न जनकपुर-सीतामढीलाई रेल्वे लाइनसँग जोड्न, क्षेत्रिय विमान स्थल निर्माण र जचुकाली भवनलाई मिथिला दुग्ध डेरीको रुपमा निर्माण गर्न भारतीय सहयोगको आवश्यक्ता रहेको बताएको थिए। त्यसैगरि भारतीय सीमामा रहेको परिक्रमा सडक निर्माणका लागि पनि भारतको तर्फ बाट पहल गरि दिन उनले आग्रह गरेका थिए।

 

 

 

बिज्ञापन (रेस्लीङ गेम)

0 comments

Write Down Your Responses

Powered by Blogger.