विवाह पञ्चमी महोत्सव मनाइदै
रामजानकी विवाह पञ्चमी महोत्सव रामसीताको पूजाआधाराधना गरी शनिवार मनाउने भएको छ । त्रेता युगमा मर्यादा पुरुषोत्तम भगवान रामले राजा जनककी छोरी सीतासंग विवाह गरेको दिनको सम्झानामा हरेक वर्ष मंसिर शुक्ल पञ्चमी तिथिमा रामसीताको विवाह गरी विवाह पञ्चमी मनाउने गरिन्छ ।
यस अघि शुक्रवार सांझ मटकोर कार्यक्रम गरिएको थियो । स्थानिय गंगासागर पोखरीबाट कोदालोले खनेर माटो लाने विधिलाई मटकोर भनिन्छ । खनेर लगिएको माटोले वेदीको निर्माण गर्ने गरिन्छ ।
विवाह पञ्चमी महोत्सव अन्तर्गत दिउसो १२ बजेपछि जनकपुरको रंगभुमि मैदान बाह्र विघाहामा दुल्ही पक्ष जानकी मंदिरका महन्थ रामतपेश्वर दास बैष्णवले माता सीताको डोला सहित बाहूबिघा पुग्ने छ भने दुल्हा पक्ष अयोध्याको प्रतिनिधित्व गर्दै राममन्दिरका महन्थ राम गीरी भगवान रामलाई डोलामा राखि स्यम्बरका लागि पुग्नेछ । स्वयंवर कार्यक्रममा लाखौ श्रद्धालुभक्तजनहरुले सहभागिता जनाउने अपेक्षा गरिएको छ । विवाह समारोहपछि संयुक्त रुपमा शोभा यात्राका साथ जनकपुरको नगरपरिक्रममा गर्दै जानकी मन्दिरका लागि प्रस्थान गर्नेछ ।
महोत्सव अन्तर्गत जनकपुरकोे राम मन्दिरबाट भगवान रामको रथ सहितको जन्ती र जानकी मन्दिरबाट सीताको रथ वाह्रविघा मैदानमा लागी स्वयंवर गरिने चलन रहि आएको छ । स्वयंवर पश्चात दुवै रथलाई जानकी मन्दिर पुर्याई बेलुकी वैदिक परम्परा अनुसार रामजानकीको विवाह गरी विवाह महोत्सव सम्पन्न गने चलन रहेको छ । मिथिलाका राजा जनकको छोरी सीताको स्वयंवरका लागि राखेका शिव धनुषलाई अयोध्याका राजा दशरथका छोरा रामले तीन टुक्रा पारेको कथाका आधारमा रामसीता विवाह महोत्सव हुंदै आएको छ । सीतोपाख्यानमा असोज पूर्णिमाका दिन अयोध्याका राजकुमार रामले प्राचीन शिव धनुषलाई भांचेको र त्यसपद्धि मंसिर शुक्ल पञ्चमीमा रामसीताजानकीको शुभविवाह भएको प्रसंग उल्लेख छ ।
रामजानकीको स्वयंवर भएको जनविश्वास रहेको उक्त स्थानमा विवाहपञ्चमीको दिन जनकपुरधाम स्थित राम मन्दिरबाट जन्ती सहित भगवान रामको डोला नगरको परिक्रमा गराउने चलन समेत रहेको छ । जानकी मन्दिरबाट बाजागाजा र लावालस्कर सहित जानकीको डोला लगेर स्वयंगर गरिन्छ ।
विवाह पञ्चमी महोत्सको अवसरमा जनकपुरमा भव्य मेलाको समेत आयोजना हुंदै आएको छ । स्थानिय धनुष सागर र गंगासागरमा स्नान गरी रामसीताको पूजाअर्चना गर्न र विवाह महोत्सव हेर्नका लागि नेपाल, भारत लगायत अन्य विभिन्न देशबाट आएका दर्शनाथीको जनकपुरमा घुंइचो लागेको छ ।
प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा बर्सेनी मंसिर शुक्ल पञ्चमीका दिन राम जानकी विवाहपञ्चमी मेला लाग्ने गर्दछ ।
स्यम्बर र विवाह कार्यक्रम अवलोकनका लागि नेपालको विभिन्न ठाउ सहित भारतका अयोध्याबाट लाखौको संख्यामा श्रद्धालुभक्तजनहरु जनकपुर आई पुगेका छन भने अहिले पनि विभिन्न ठाउंबाट श्रद्धालुहरु आउने क्रम जारी छ । विवाह पञ्चमीको अवसरमा राम र जानकी मन्दिरलाई आकर्षक रुपमा सजाइएको छ भने मुख्य मुख्य चोकमा भने सरसफाई गरि

0 comments
Write Down Your Responses