‘मांस मदिरा’बन्द, बजार खुल्ला

रामजानकी बिबाहमहोत्सवको पावन अवसरमा परिक्रमा क्षेत्र भित्रको मद्यमांसको पसलहरु बन्द गरिएकाछन ।
परिक्रमा क्षेत्र भित्रका मदिरा पसलहरु शुक्रबारदेखि नै बन्द रहेकोछ ।शनिबारपनि मद्यमांस पसल बन्द रहने प्रहरीले जनाएकोछ । यसैबीच जनकपुर उद्योग बाणिज्य संघले शनिबार पसल खोल्न व्यवसायीहरुलाई आग्रह गरेकाछन ।
रामजानकी बिबाहमहोत्सवको अवसरमा आउने श्रद्धालुहरुलाई सबै प्रकारको सुबिधा उपलब्ध गराउन पसलहरु खुल्ला राख्न आग्रह गरिएको संघका अध्यक्ष श्यामप्रसाद साहले जनाए । नेपाल र भारतको बिभिन्न भागबाट ठूलो संख्यामा हिन्दू नरनारी श्रद्धालुहरु मेला भर्न आउने रामजानकी बिबाहमहोत्सवलाई पर्यटकीय दृष्टिले बढी उपयोग गर्न नसकिएको अध्यक्ष साहले जनाए ।
अन्य शनिबार बजार बन्द रहेपनि बिबाहपञ्चमीको अवसरमा खुल्ला राख्ने निर्णय गरिएको उनले
बताए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.