भूपरिवेष्ठित राष्ट्रका उत्पादन प्रतिस्पर्धी बन्न नसकेको गुनासो

जटिल, झन्झटिलो र खर्चिलोका कारण भूपरिवेष्ठित देशका उत्पादन प्रतिस्पर्धी बन्न नसकेको वाणिज्य तथा आपूर्ति मन्त्री शंकरप्रसाद कोइरालाले बताउनुभएको छ । भूपरिवेष्ठित राष्ट्रहरुको बैठकलाई सम्बोधन गर्दै मन्त्री कोइरालाले यस्तो अवस्था भोगिरहेका मुलुकहरुको व्यापार सहजीकरण गर्न पारवहनमा सुधार र क्षमता विकासमा लगानी जरुरी भएको बताउनुभयो ।
Bali-sammelan
उहाँले प्रस्तावित व्यापार सहजीकरण सम्झौताले भूपरिवेष्ठित राष्टहरुको नैसर्गिक र पारवहन अधिकार समावेश गर्न सदस्य राष्टले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । लामो समयदेखि अवरुद्ध दोहा कार्यसूचिलाई अविलम्ब तार्कि निष्कर्षमा पुर्याउन आग्रह गर्दै मन्त्री कोइरालाले भन्नुभयो, भूपरिवेष्ठित राष्टको अधिकार सुनिश्चित गर्न २००३ मा पारित कार्ययोजनालाई व्यवहारमा लागू गर्नुपर्छ ।
अति कम विकसित र भूपरिवेष्ठित देशलाई दिने सुविधामा अभिवृद्धि गर्नुपर्ने भन्दै मन्त्री कोइरालाले आफ्नो अधिकारका लागि सहकार्य आवश्यक भएको बताउनुभयो ।
बैठकले भूपरिवेष्ठित राष्टहरुको तर्फबाट संयुक्त घोषणापत्र जारी गरेको छ । घोषणापत्रमा भूपरिवेष्ठित राष्टका नैसर्गिक अधिकार सुरक्षित गर्न माग गर्दै अधिकारका लागि आवाज उठाउने निर्णय गरेको छ । भूपरिवेष्ठित राष्टहरुको संयोजन पाराग्वेले गरेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.