ट्याङकरले मोटरसाइकललाई ठक्कर दिंदा दुईको मृत्यु

धादिङ, मंसिर २० - वीरगञ्जबाट काठमाडौँ तर्फ जाँदै गरेको ना ४ ख २४४३ नम्बरको तेल ट्याङकरले विपरित दिशाबाट मुग्लिन तर्फ जाँदै गरेको बा ४१ प ५४५१ नम्बरको मोटसइकललाई ठक्कर दिंदा बैरनी-८ मछेडीखोलामा दुई जनाको मृत्यु भएको छ ।
ट्याङकरको ठक्करबाट मोटसाइकलमा सवार काभ्रे जिल्ला जयमाडी-४ घर भएका १९ वर्षीया रुपेश पराजुली र धादिङ जीवनपुरका सुदिप गजुरेलको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिहीबार बिहान १० बजे पृथ्वीराजमार्गमा भएको दुर्घटनाका ट्याङकार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ

0 comments

Write Down Your Responses

Powered by Blogger.