मधेसी दलितलाई संविधानसभामा प्रतिनिधित्व गराउन माग

तराई मधेस दलित अल्पसङ्ख्यक पिछाडावर्ग फाउन्डेसनले संविधानसभा सदस्यका लागि समानुपातिकतर्फको सूची बुझाउँदा मधेसी दलितहरुलाई जनसङ्ख्याका आधारमा समानुपातिक प्रतिनिधित्व गराउन राजनीतिक दलहरुसँग माग गरेको छ ।
BICC-Nepalफाउन्डेसनले गरेको पत्रकार सम्मेलनमा देशको कुल दलित जनसङ्ख्याको ६ प्रतिशत मधेसी दलित रहेको र संविधानसभामा उनीहरुको समानुपातिक प्रतिनिधित्व नभएमा उनीहरुको आवाज संविधानमा लिपिबद्ध हुन कठिन हुने बताइएको छ ।
फाउन्डेसनका अनुसार संविधानसभामा नेपाली काँग्रेसले दलितका लागि कुल १२ सिट पाउने र त्यसमा मधेसी दलितलेे पाँच सिट पाउनुपर्ने, नेकपा एमालेले बुझाउने समानुपातिक सूचीमा १२ सिटमा मधेसी दलितलाई पाँच स्ािट तथा एमाओवादीले तीन सिट छुटयाउनुपर्छ ।
हाल नेपालमा कुल दलितको जनसङ्ख्या ३६ लाख २८ हजार रहेको छ र त्यसमध्ये मधेसी दलितको जनसङ्ख्या ६ प्रतिशत अर्थात् २ लाख १७ हजार ६ सय ८० रहेको छ ।
फाउन्डेसनका अध्यक्ष दिनेशप्रसाद हरिजनले यही पुस १० गतेभित्र बुझाइने समानुपातिक सूचीमा नेपाली काँग्रेस, नेकपा एमालेसहितका दलहरुले आˆना मागलाई विशेष ध्यान दिने विश्वास व्यक्त गर्नुभयो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.