विवाहपञ्चमी भरी सवारी चलाउन पासको व्यवस्था हुने

१७ मंसिर ।
जनकपुरबाट चल्ने लामो दुरीका सवारी साधनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले पासको व्यवस्था गर्ने भएको छ ।
साता व्यापी रुपमा लाग्ने मिथिलाको महत्वपुर्ण रामजानकी विवाह पञ्चमी महोत्सवको समय अवधिका लागि पासको व्यवस्था गरेको ट्राफिक प्रमुख समेत रहेको प्रहरी उपरिक्षक राजन भेटवालले जनाए ।
विवाह पञ्चमी भरी छोटो दुरीसम्म चल्ने सवारी साधनलाई जनकपुर प्रवेशमा रोक लगाउने जनाउदै भेटवालले लामो दुरीका सवारी साधनका लागि पासको व्यवस्था गरी जनकपुरको बाटो भएर आवत जावत गर्न दिने बताए ।
 विवाह पञ्चमीको अवसरमा सवारी साधनको चआवत जावत बढी हुनुसका साथै गाडीको चाप बढी हुने भएकाले यस्तो व्यवस्था गरेको बताए । भेटवालले जिल्ला ट्राफिक प्रहरी कार्यालय र बस व्यवसायी संघको संयुक्त पहलमा पास उपलब्ध गराइने बताए ।
विवाह पञ्चमीमा बाहिरबाट जनकपुर आउने सवारी साधनलाई व्यवस्थित गर्न जनकपुर वाहिर नै छुट्टै पाकिङको व्यवस्था गरिने तयारी भैरहेको भेटवालले बताए ।
यस्तै ट्राफिक व्यवस्थापन अन्तर्गत मापसे चेकिङ कार्यक्रमलाई पुनः निरन्तरता दिएको समेत ट्राफिक उपरिक्षक भेटवालले जनाए  । आइतवार जनकपुर टुडेसंग कुराकानी गर्दै भेटवालले चुनावका कारणले स्थगित गरिएको मापसे चेकि«ङ कार्यक्रमलाई पुनः निरन्तरता दिएको बताए । उनले मापसे चेकिङका क्रममा शनिवार सांझ ट्राफिक नियम विपरित कार्य गर्ने ६ जना मोटरसाइकल चालकलाई कारवाही गरेको बताए ।

भेटवालले ट्राफिक नियम विपरित मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनेलाई चेतावनी स्वरुप १ हजार जरिवाना लिई छाड्ने गरेको बताउदै पुनः नियम उलंघन गरेको पाइएमा १ हजार जरिवाना सहित लाइसेन्समा प्वाल पार्ने बताए ।
लाइसेन्समा ५ वटासम्म प्वाल परेको खण्डमा ६ महिनाका लागि लाइसेन्स रद्द हुने उनले बताए । मापसे चेकिङलाई कडाईका साथ लागु गरेको जनाउदै प्रहरी उपरिक्षक भेटवालले ट्राफिक नियमलाई उलंघन गरी जरिवानामा नपर्न सर्वसाधारणमा आग्रह गरे । नियम उलंघन गर्ने जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याउने उनको कथन थियो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.