लियोको सहयोग चेपाङ बालबालिकालाई

१७ मंसिर, चितवन । लियो क्लव अफ रत्ननगरको १५ औ वाषिर्क उत्सव तथा लियो सप्ताहको अवसरमा आज चितवनको गामबेशीको चेपाङ संरक्षण केन्द्रमा रहेका विद्यार्थीहरुका लागी स्टेशनरी, खाद्यान्न तथा लत्ता कपडा हस्तान्तरण गरिएको छ ।
क्लबकी निर्देशक लक्ष्मी पौडेलको संयोजकत्वमा सम्पन्न कार्यक्रममा क्लवका पुर्व अध्यक्ष प्रल्हाद प्रधान, संरक्षण केन्द्रका सदस्य एवं पत्रकार शिशिर सिंखडा लगायतकाले चेपाङ समुदायको वृद्धिविकासमा सामाजिक संस्था लाग्नुपर्ने बताउनुभएको थियो । केन्द्रमा चितवन र मकवानपुरका ५० जना बिपन्न चेपाङ बालबालिका आश्रति रहेका छन ।
कार्यक्रम क्लवकी लुसि जोशिको अध्यक्षतामा सम्पन्न भएको थियो । साथै क्लवले सप्ताहव्यापी कार्यक्रम अन्र्तगत आइतबार विश्व एड्स दिवसको अवसरमा एड्सको लोगो अंकित रिवन रत्ननगरका विभिन्न स्थानमा वितरण गदै एड्सबाट बच्ने उपायको बारेमा सर्वसाधरणलाई सचेत गराएका थिए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.