नेपालको सेवा क्षेत्र वैदेशिक लगानीको पहिलो रोजाइ, चार महिनामा १० अर्बको प्रस्ताव भारत, चीन, कोरिया, फ्रान्स, बंगलादेश, जापान, अमेरिका र अष्ट्रेलिया अग्रस्थानमा

विदेशी लगानीकर्ताहरु नेपालको सेवामूलक उद्योगमा आकषिर्त देखिएका छन् । कम लगानीमा राम्रो मुनाफा गर्न सकिने देखिएपछि लगानीकर्ताहरु सेवा क्षेत्रमा आकषिर्त भएका हुन् । चालू आर्थिक वर्षको साउनदेखि कार्तिकसम्म उद्योग विभागमा दर्ता भएका विदेशी लगानीका ९८ उद्योगमध्ये ३२ वटा सेवामूलक रहेका छन् । FDI-investmentउद्योग विभागका अनुसार साउनदेखि कार्तिक मसान्तसम्म १० अर्ब रुपैयाँ भन्दा बढीको विदेशी लगानी प्रस्ताव आएको छ । जुन उद्योगहरुले ४ हजार ४ सय ७० जनालाई रोजगार दिने प्रतिबद्धता गरेका छन् । चार महिनामा ३२ वटा सेवा मुलक उद्योग, ११ वटा उत्पादन मुलक, १७ वटा कृषि तथा वनमा आधारित उद्योग, २१ वटा पर्यटन, ३ वटा उर्जा, १ वटा निर्माणजन्य उद्योग र ६ वटा खनिजजन्य उद्योगमा विदेशी लगानीको प्रस्ताव आएको छ ।
सबै भन्दा बढी लगानी प्रस्ताव साउन महिनामा ३० वटा उद्योगमार्फत ६ अर्ब २६ करोड रुपैयाँ लगानीको प्रस्ताव आएको छ । त्यस्तै, भदौ महिनामा २८ उद्योगमार्फत ४८ करोड २१ लाख रुपैयाँ, असोज महिनामा २ अर्ब ४२ करोड रुपैयाँ र कात्तिक महिनामा ९८ करोड ९८ लाख रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको छ ।
विभागका वैदेशिक लगानी निर्देशक विपिनराज भण्डारीले संविधान सभाको निर्वाचनपछि मुलुकमा शान्ति सुरक्षामा सुधार आउने आशाले लगानी बढ्ने संकेत देखिएको बताउनुभयो । नेपालमा प्रत्यक्ष विदेशी लगानीको प्रचुर सम्भावना देखिएपनि नेपालको राजनीतिक अस्थीरता, लगानीमैत्री वातावरणको अभाव, शान्ति सुरक्षा, श्रमिक समस्या, विद्युत आपूर्ति लगायतका समस्याका कारण उल्लेख्य लगानी भित्रिन सकेको छैन् ।
गत आर्थिक वर्षको असार मसान्तसम्म विदेशी लगानीका २ हजार ६ सय २६ उद्योग दर्ता भएका छन् । यो अवधिसम्म बिदेशी लगानीको साझेदारीमा स्थापना भएका उद्योगबाट १ लाख ७८ हजारलाई रोजगारीको प्रस्ताव गरिएको छ । विभागका अनुसार यी उद्योगको कुल लागत १९ अर्ब रुपैयाँ भन्दा बढी रहेको छ ।
गत असारसम्मको तथ्याङ्क हेर्दा नेपालमा ७७ वटा मुलुकहरुले नेपालको औद्योगिक क्षेत्रमा लगानी गरेका छन् । नेपालमा लगानी गर्ने मुलुकहरुमा भारत, चीन, कोरिया, फ्रान्स, बंगलादेश, जापान, अमेरिका र अष्ट्रेलिया क्यानडा अग्रस्थानमा रहेका छन् । यी मुलुकहरुले बिशेषगरि उत्पादन, सेवा उर्जा, कृषि तथा खनिज क्षेत्रमा लगानी गरेका छन् ।
त्यसैगरी, बेलायत, अष्टेलिया, फ्रान्स इटली जापान, सिंगापुर, थाइल्याण्ड लगायतका २ दर्जन बढी मुलुक पनि नेपालमा लगानी गर्नेमा अगाडी देखिएका छन् । नेपालमा लगानी गर्ने मुलुकहरु थपिँदै गएपनि नेपालको आन्तरिक समस्याका कारण प्रयाप्त लगानी आउन नसकेको विभागका निर्देशक भण्डारीले बताउनुभयो ।
नेपालमा विदेशी लगानी भित्राउन निजी क्षेत्र सक्रिय रुपमा लागेको छ । निजी क्षेत्रका उद्योगी-व्यवसायीहरुले विभिन्न मुलुकमा पुगेर त्यहाँको सरकार र लगानीकर्तासँग भेट गरी नेपालमा लगानी गर्न आग्रह गर्दै आएका छन् । सरकारले पनि वैदेशिक लगानी भित्राउन सन् २०१२/०१३ लाई लगानी बर्ष घोषणा गरेको थियो ।
सरकारले पनि विदेशी लगानीलाई आकषिर्त गर्न विभिन्न सुधारात्मक कामहरु अघि बढाएको छ । विदेशी लगानीकर्ता आकषिर्त गर्न विभागले करिव १ वर्ष अघिमात्र लगानीको सिमा प्रतिव्यक्ति २० हजार डलरबाट बढाएर ५० हजार पुर्याभएको छ भने भिषा प्रकृयालाई समेत सरल बनाउँदै लगेको छ ।

1 comments

It's nice

Write Down Your Responses

Powered by Blogger.