आफैले पड्काएको बमले हात गुमेपछि महेशलाई गितार र ड्रम बजाउन चिन्ता

बम बोकेर सडकमा निस्किएका महेश एकाएक बेहोस भए । होसमा आउँदा अर्कैलाई ताकेको बम मात्र होइन बम समाउने हात पनि साथमा रहेन । गिता, ड्रम, पियानोजस्ता बाजा बजाएर पहिचान बनाएका महेश नेपालीलाई अब कसरी बाजा बजाउने भन्ने चिन्ता छ । अहिले उनलाई आतंक फैलाउने कार्यप्रति पश्चताप पनि लागेको छ ।
Bomसंविधानसभा निर्वाचन विफल पार्न नेकपा-माओवादीसहितका दलले नेपाल बन्द आह्वान गरेका थिए । महेश सार्वजनिक स्थानमा विस्फोट गराएर अरुलाई तर्साने र चुनाव विफल पार्ने रणनीति सफल पार्न कस्सिएका थिए । तर उनी आफ्नो उद्देश्यमा कति सफल भए त्यसको लेखाजोखा गर्ने अवस्थमा पनि छैनन् । अरुलाई प्रहार गरेको राजनीतिक लक्ष्य हासिल गर्न बोकेको बलमे उनैलाई छाडेन । राजनीतिक उथलपुथल आउला भन्ने आशा निराशामा बदलियो उनी आफ्नै लागि । मंसिर ३ को सो घटनाले उनको जीवन नै उजाड बनाइदियो । गुमेको हातमा पट्टी बाँधेर अस्पतालको शय्यामा गएका उनी त्यहींबाट प्रहरीको कस्टडीमा पुग्न बाध्य भएको अन्नपूर्ण पोस्टमा खबर छ । महेशले नमिठो अनुभव सुनाउँदै भने, ‘हात गुमाउँदाको पीडा त हुन्छ नै, त्यो त मानवीय स्वभाव हो ।
चुनावको अघिल्लो साँझ कुलेश्वरमा ठूलो आवाजसहित बम पड्कियो, त्यसले अरु ककसलाई के के भयो महेशले थाहा पाउन सकेनन् तर उनको भने दाहिने हातै रहेन ।
महेशसँगै बम पड्काउन हिँडेका कृष्णबहादुर श्रेष्ठको भने अनुहारमा गम्भीर चोट लागेको छ । कृष्णले घाइते अवस्थामै प्रहरीलाई दिएको बयानमा भनेका छन्-’पार्टीले त्रास र आतंक फैलाउने गतिविधि गर्न निर्देशन दिएको थियो । हामीलाई माइला लामा -बैद्य माओवादीका केन्द्रीय सदस्य) ले निर्देशन दिनुभएको हो ।’
उनीहरु दुवैले अहिले आफूहरुले फैलाएको त्रास र गरेको कार्यप्रति दुःख व्यक्त गर्दै त्रास र आतंकले समाजमा परिवर्तन नआउने कुरा बताएका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.