»
सप्तरीका अधिकांस पसल मुल्यसुची विना नै संचालनमा, कार्बाही गर्ने निकाय मौन ।
सप्तरीका अधिकांस पसल मुल्यसुची विना नै संचालनमा, कार्बाही गर्ने निकाय मौन ।

सप्तरीको सदरमुकाम राजविराज सहित जिल्लाका अधिकांस किराना तथा मदिरा पसलहरु मुल्य सुची विना नै संचालनमा रहेको पाइएको छ ।
किरानका तथा मदिरा पसलहरुमा स्पष्ट देखिने गरी मुल्य सुची राख्न अनिवार्य भएपनि सप्तरीका अधिकांस किराना तथा मदिरा पसल संचालकहरुले मुल्यसुची नै नराखी पसल संचालन गरिरहेका छन् ।
सम्पुर्ण सामानहरुको मुल्य स्पष्ट देखिने गरी अनिवार्य मुल्य सुची राख्न सप्तरी उद्योग वाणिज्य संघले पटक पटक आग्रह गरेपनि पसल संचालकहरुले मुल्य सुची नराखेको संघका महासचिव सुरेश कुमार सिंहको भनाई रहेको छ । मुल्य सुची विनानै पसल संचालन हुँदा यहाँका सोझा सिधा उपभोक्ताहरु ठगिइरहेका छन् ।
यता बजार अनुगमन गर्ने निकाय सक्रिय नहुँदा स्थानीय व्यपारीहरुले मनलाग्दी ढंगले पसल संचालन गरिरहेका छन् । सप्तरी सदरमुकाम राजविराज सहित जिल्लाका धेरैजसो पसल संचालकहरुले सामान खरिद गर्ने ग्राहकहरुलाई विल समेत दिने गरेका छैनन् ।
बिल दिइहाले पनि विल नभएर साधारण कागजलाई विल जस्तो बनाएर दिने गरेका छन् । सचेत उपभोक्ता नहुँदा तथा उपभोक्तालाइृ सचेत बनाउने काम कतैबाट नहुँदा मनपरी ढंगले पसल संचालन गर्नेहरुलाई प्रोत्साहन मिलेको बताइएको छ ।
यता सो सम्बन्धमा सप्तरीका प्रमुख जिल्ला अधिकारी हरीराज पन्तल चाडै नै त्यसको अनुगमन गर्ने र त्यस्तो गैर कानुनी कार्य गर्ने जो सुकै पसल संचालनहरुलाई कडा भन्दा कडा कानुनी कार्बाही गर्ने प्रतिबद्धता जनाउँनुभएको छ ।
Labels:
0 comments
Write Down Your Responses