बारामा हात्ती आतंक

१७ मंसिर ।
शनिबारराती बाराको डुमरवानामा जंगली हात्तीले आतंक मच्चाएको छ । राती जंगलबाट निस्कीएको एउटा हात्तीले डुरमवानाको वडा नं. ४, ६, ८, ९ मा आतंक मच्चाएको हो । गाउमा हात्ती प्रबेश गरेपछि रातभर स्थानीय बासिन्दा त्रसित भई जाग्राम बसेका थिए । विहानी पख हात्ती डुमरवानाको भवानीपुर हुँदै जंगल प्रबेश गरेको स्थानीय बासिन्दा विबेक न्यौपानेले बताउनुभयो । हात्तीले धनजनको क्षती नगरेको भएपनि फेरि फर्कन सक्ने सम्भावना भएकोले गाउँले त्रसित भएका छन् । यसअघि शनिबार सँझ बाराको पथलैया निजगड सडक खण्ड आधा घण्टा अवरोध भएको थियो । जंगीली हात्तीले महेन्द्र राजमार्ग अवरुद्ध गरेपछि यातायात सञ्चान बन्द भएको पथलैयाका स्थानीय दिपेन्द्र श्रेष्ठले बताउनुभयो ।

 

0 comments

Write Down Your Responses

Powered by Blogger.