आईजीपी अर्याल जनकपुरमा

१९ मङ्सीर । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक उपेन्द्र कान्त अर्याल मंगलबार यहा“ आएकाछन
जिल्ला प्रहरी कार्यालय धनुषामा नवनिर्मित्त प्रहरी कार्यालय भवनको उनले बुधबार बिहान उदघाटन गर्ने कार्यक्रम रहेकोछ ।
निवर्तमान प्रहरी महानिरीक्षक कुबेरसिंह रानाले गर्ने निश्चित भइसकेपनि अन्तिम समयमा उनी बिदा बस्नु पर्ने  भएकोले उदघाटन कार्यक्रम रोकिएको थियो ।शिलालेखमा अंकित उनको नाम हटाइएको थियो ।
डीएसपी रहेको कार्यालय हातामा निर्मित्त कार्यालय भवनको उदघाटन गर्ने शुभसाइत आईजीपी अर्याललाई जुरेकोछ । उनी बिराटनगरको कार्यक्रम सकेर मंगलबार राती नै यहा“ आएकाछन ।
धनुषामा प्रहरी नायव उपरीक्षक (डीएसपी)रहेका अर्याल महानिरीक्षक भएपछि पहिलो पटक आएका हुन ।उनी जनकपुर अञ्चल प्रहरी कार्यालयमा प्रहरी बरिष्ठ उपरीक्षक(प्रमुख)भएर काम गरेका थिए ।
संबिधान सभा चुनावमा सुरक्षाको सफल व्यवस्थापनगरि हिंसामुक्त, भयरहित वातावरणमा मतदान सम्पन्न गराउने श्रेय अर्यालले पाएकाछन ।
सिराहा जिल्लामा जन्मेका अर्याल संबिधान सभा चुनावको प्रचार सकिन लागेको बेला प्रहरी महानिरीक्षक बनेका थिए ।प्रहरी महानिरीक्षक कुबेरसिंह राना अवकास पूर्ब बिदा लिने क्रममा उनलाई प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गरिएको थियो ।
बढुवा भएको लगतै उनी प्रहरी महानिरीक्षकमा बढुवा भएका थिए ।उनीस“गै प्रहरी नायव महानिरीक्षक (डीआईजी) भएकाहरु अहिलेपनि यथास्थितिमा छन ।स्रोतका अनुसार चा“डै डीआईजीहरुको बढुवा हुनेछ ।मध्य क्षेत्रका डीआईजी विज्ञान शर्मा अग्रस्थानमा रहेकाछन ।

0 comments

Write Down Your Responses

Powered by Blogger.