उपत्यका पोस्टर-पम्पलेट हटाउँदै नेपाल
मंसिर १८ - काठमाडौं क्षेत्र २ बाट विजयी एमाले वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन प्रचारप्रसारका क्रममा आफ्नो क्षेत्रमा टाँसेका पोस्टर पम्प्लेट आफैं निकाल्न थालेका छन् । उनले कोटेश्वरमा टाँसिएका पोस्टर, पम्प्लेट र झिल्लर निकाल्न सुरु गरेका हुन् । कोटेश्वरमा मंगलबार पोस्टर, पम्पलेट हटाउँदै गरेको अवस्थामा भेटिएका नेपालले उम्मेदवारहरूले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उल्लंघन गर्न नहुने बताए । 'म अरू पार्टीका साथीहरूलाई नगर सफा गर्न भन्छु, आचारसंहिता विपरीत कसैले काम गर्नु हुँदैन,' उनले भने ।
नेता नेपालले आफ्नो क्षेत्रका सुगु, बज्रयोगिनी, थली, डाँछी, इन्द्रायणी, पुखलाछी, लप्सीफेदी, नाङ्लेभारे, मूलपानी, गोठाटार, काठमाडौं महानगरपालिका ९ र ३५ मा रहेको आफनो प्रचार सामग्री आफैंले निकाल्ने बताए । 'स्वच्छ सफा महानगर बनाउन निर्वाचन प्रचारका लागि टाँसेका सामग्री निकाल्ने अभियान थालेको हुँ,' यो अभियान अरू पार्टीले पनि चलाऊन्,' उनले भने । एमालेले निर्वाचन सम्बन्धी भित्तामा टाँसिएको सबै प्रचार सामग्रीलाई हटाउने नेपालले बताए ।

0 comments
Write Down Your Responses