एएनएद्वारा दार्चुलाका बाढी पीडितका लागि ५ लाख रुपैयाँ संकलन

association-of-nepalis-in-a
अमेरिकाको राष्ट्रिय स्तरको नेपालीहरुको सबै भन्दा पुरानो गैर मुनाफा संस्था दी एसोसिएसन अफ नेपलिज इन अमेरिका(एएनए)ले गत जुन महिनामा सुदुर पश्चिम नेपालको दार्चुलामा आएको अविरल बर्षाको कारण भएको मानबिय क्षति तथा बाढी पीडित परिवारलाई आर्थिक सहयोग गर्ने उदेश्यले एक आकस्मिक बाढी पीडित आर्थिक राहत कोष खडा गरेको थियो ।
उक्त बाढी पीडित राहत कोषमा अहिले सम्म पांच हजार ५४ डलर संकलन भएको जानकारी ए एन ए का अन्तरिम अध्यक्ष छेवांग शेर्पामा लामाले जानकारी गराएका छन् । सो राहत कोषको लागि अझ एक हजार चार सय डलर बिभिन्न व्यक्तिहरुसंग उठाउनु पर्ने बाँकी रहेकोले यसको लागि संस्थाले अनुगमन गर्नु पर्ने बताए ।
 नेपालमा सम्बन्धित उचित स्थान र सम्बन्धित व्यक्तिले उक्त रकम पाउन भन्ने हेतुले उक्त रकम यहि राखिएको बताउँदै यही जनवरी २०१४ मा ३१ औँ ए एन ए न्यु योर्क सम्मेलन प्रमुख समिर महर्जन नेपाल जाने भएकोले उक्त रकम वहाँलाई हस्तान्तरण गरिने बताईएको छ ।  दार्चुला बाढी ग्रस्त ईलाका पुगी अनुसन्धान ,सोध , खोज गरी ए एन ए नेपाल परियोजनाका प्रमुख संयोजक सुदिप श्रेष्ठ (बिद्या वारिधि ) नेपाल सुनसरीमा नै रहेकोले समिर महर्जन तथा कर्ण शाक्यको मातहतमा उक्त रकम हस्तान्तरण गरिने भएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.