कुर्था स्वास्थ्य चौकीमा नयां कार्यसमिति चयन हुने

धनुषाको कुर्था गाविस वडा नम्वर ६ मा अवस्थित स्वास्थ्य चौकीमा कर्मचारी नियुक्तिको विवाद उग्र रुप लिएपछि गाविसद्वारा नियुक्त भएका सम्पुर्ण कर्मचारीका साथै व्यवस्थापन समितिलाई समेत खारिज गरिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख, जिल्ला विकास समितिका प्रतिनिधि, प्रहरी प्रशासन र स्थानियहरुको उपस्थितिमा बसेको सर्वपक्षिय बैठकद्वारा खारिजको निर्णय गरिएको हो ।
गाविसद्वारा नियुक्त गरिएका कर्मचारी लगायत व्यवस्थापन समिति समेत खारिज गरिएपछि विगत ३ दिन देखि स्वास्थ्य चौकीमा स्थानियले गरेको तालाबन्दी समेत खोलिएको छ ।
खारिजमा परेकी अ.न.मी.अनिता साहले पुस १५ गते पुनः सर्वपक्षिय बैठक बसी नयां कार्यसमिति चयन गर्ने निर्णय भएको बताइन । नयां कार्यसमितिद्वारा नै पदपुर्तिका लागि विज्ञापन गर्ने निर्णय सर्वपक्षीय रुपमा समेत भएको उनले बताइन ।
सर्वपक्षीय निर्णका कारण करारमा कार्यरत अ.न.मी साह पनि खारिजमा परेकी छन ।

यता स्थानियहरुले स्वास्थ्य चौकीका सि.अ.हे.व.लक्ष्मण साह र भुपु प्रमुख राजेन्द्र यादवले संयुक्त रुपमा स्वास्थ्य चौकीको रकम अनियमितता गरेको आरोप लगाएका छन । स्वास्थ्य चौकीको रकम पारदर्शी गर्नुपर्नेमा माग राख्दै पुस ३ गतेदेखि अनिश्चितकालीन तालाबन्दी गरेका थिए ।
स्वास्थ्य चौकीका इन्चार्ज साहले वथिङ सेन्टरमा बच्चा जन्मेको गलत रिपोर्ट दर्ता गरी वथिङको संख्या मनपरी रुपमा बढाई सुत्केरी भत्तामा अनियमितता गरेको र बच्चा गराउने अ.न.मीको हस्ताक्षर नै नगराई जनस्वास्थ्य कार्यालयमा मासिक प्रतिवेदन बुझाउने गरेकौ भन्दै छानबीनको माग राखी इन्चार्जं साहमाथि समेत कारवाही गर्नुपर्ने स्थानियहरुले जोड्दार माग गरेका छन ।

0 comments

Write Down Your Responses

Powered by Blogger.