उपत्यकाबाटै हराउँछन् बढी बालबालिका, हराउनेमा ११ बर्षदेखि १६ वर्षसम्मका
काठमाडौं उपत्यकाबाट सबैभन्दा बढी बालबालिका हराइरहेका छन् । बढी जनघनत्व तथा नेपालकै ठूलो सहर भएकाले सहर पस्ने रहर बोकेका बालबालिका हराउने गरेका हुन् ।
बालबालिका खोजतलास समन्वय केन्द्रको आव ०६९/७० को प्रतिवेदन अनुसार मध्यमाञ्चल विकास क्षेत्रमा ७३ प्रतिशत बालबालिका हराउने गरेकोमा उपत्यकाकै ठूला सहर मानिने काठमाडौं, ललितपुर, भक्तपुर क्षेत्रमा मात्रै ५५ प्रतिशत बालबालिका हराउने गरेका छन् भने बाँकी चार क्षेत्रमा २७ प्रतिशत बालबालिका हराउने गरेका छन् ।
हराएका बालबालिका चोरी, बलात्कार, हत्या तथा आपराधिक क्रियाकलापमा संलग्न भएको अनुसन्धानमा पाइएको छ । बालबालिका खोजतलास समन्वय केन्द्रका अनुसार बालबालिकाका आकांक्षा बढी हुनु तर आर्थिक अभावका कारणले आकांक्षा पूरा नहुनुले कामको खोजीमा बालबालिका हराउने गरेको कमाण्डर पोष्टमा खबर छ ।
हराउने बालबालिकामध्ये ११ वर्षदेखि १६ वर्ष उमेर समूहका बढी छन् । यस उमेरमा बालबालिकाको भावनासँग आमाबाबुले ख्याल राख्न र बालबालिकालाई आवश्यक माया, ममता दिन सकेमा बालबालिकाले घर छाड्ने समस्या कम हुने बताउँछन्, बालबालिका खोजतलास समन्वय केन्द्रका कार्यक्रम अधिकृत भीमविक्रम शाही ।
0 comments
Write Down Your Responses