सेनाको संलग्नतामा मोटरसाइकल चोरी
मकवानपुर जिल्लामा मोटरसाइकल हराउने क्रम बढिरहँदा चोरीमा सुरक्षा निकायकै संलग्नता देखिएको छ । चोरी नियन्त्रण गर्नुपर्नेमा उल्टै सुरक्षा निकायका व्यक्ति नै चोरीमा लागेको भेटिएको हो ।
पाँच दिनअघि हराएको एक मोटरसाइकल नेपाली सेनाका एक सिपाहीले चोरेको फेला परेपछि चोरीमा सुरक्षा निकायका व्यक्तिको संलग्नता भएको पुष्टि भएको हो । फोरम लोकतान्त्रिकका मकवानपुर अध्यक्ष हरिकृष्ण मैनालीको ना १४ प ५२८६ नम्बरको मोटरसाइकल कमवानपुरको भैंसेमा रहेको देवी दल गणमा कार्यरत इन्द्रबहादुर राईले चोरी गरेर प्रयोग गरेको अवस्थामा मंगलबार फेला परेको राजधानी दैनिकमा खबर छ ।

चोरीको मोटरसाइकल मर्मत गर्न लगेको अवस्थामा एवान मोटर सर्भिस सेन्टरमा मोटर सेन्टरमा मोटरसाइकल र राईलाई फेला पारेको मैनालीले बताए । गत २८ मंसिरमा हुप्राचौरमा रहेको घरबाट मोटरसाइकल हराएको उनको भनाई छ । मोटरसाइकल सँधै मर्मत गर्ने वर्कसपमा चोर्नेले पनि मर्मत गर्न लगेपछि वर्कसप सञ्चालकले खबर गरेको मैनालीले बताए ।
मोटरसाइकल समात्न खोज्दा चोरी गर्ने राई भागेर सेनाले सुरक्षा दिएको रानीदरवारभित्र पसेपछि मालेनिकट युवा संगठन र राप्रपा नेपाल निकट युवा संगठनका युवाले रानीदरबारबाट राईलाई समाएर प्रहरीको जिम्मा लगाएको राजधानी दैनिकमा खबरछ ।
0 comments
Write Down Your Responses