भएका स्रोत-साधन व्यवस्थापन गर्न नसक्दा नेपाल पछि पर्यो : विनोद चौधरी
चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले प्राकृतिक स्रोत उपलब्ध हुँदैमा कुनै पनि देश धनी हुन नसक्ने बताउनुभएको छ । ‘प्राकृतिक स्रोत हुँदैमा देश विकसित हुने भए नेपाल विश्वकै सबैभन्दा धनी मुलुक हुने थियो, प्राकृतिक स्रोत नहुँदैमा देश अविकसित हुने भए जापान र सिंगापुर विश्वका गरिव देश हुनुपथ्र्यो’ काठमाडौंमा आयोजित लायन्स इन्टरनेशनलको अन्तर्राष्ट्रिय सम्मेलनमा शनिवार मन्तव्य ब्यक्त गर्दै अध्यक्ष चौधरीले भन्नुभयो- ‘प्राकृतिक स्रोतले धनि हुदैमा मात्र मुलुकले आर्थिक समृद्धि पाउँदैन, यसका लागि यस्ता स्रोतको व्यवस्थापन गर्न सक्ने खुबीको खाँचो पर्छ ।’
नेपाल र अपि|mकी मुलुकहरु विश्वमै प्राकृतिक रुपमा सुन्दर रहेको तथ्य प्रस्तुत गर्दै अध्यक्ष चौधरीले यि मुलुकहरुको विकास हुन नसक्नुको कारण यी देशमा प्राकृतिक स्रोतको व्यवस्थापन गर्न सक्ने क्षमता कमजोर हुनु नै रहेको बताउनुभयो । ‘प्राकृतिक स्रोतको उपलब्धताले पक्कै पनि विकासका ढोका
खोल्न धेरै सजिलो हुन्छ’, उहाँले भन्नुभयो- ‘तर यसका लागि ति स्रोतलाई व्यवसायिक रुपमा उपयोग गर्न सक्ने सक्षम व्यवस्थापनको खाँचो पर्छ ।’

नेपालको निजि क्षेत्रले राजनीतिक कठिनाईका बाबजुद पनि नेपालको अर्थतन्त्रलाई संकटमा पर्नबाट जोगाएको बताउँदै अध्यक्ष चौधरीले यसले यहाँको निजी क्षेत्रको व्यवस्थापन क्षमतालाई पनि प्रदर्शित गरेको बताउनुभयो । ‘विगत २० बर्षमा नेपालमा २२ वटा सरकार परिवर्तन भए, तर पनि चार प्रतिशतको आर्थिक बृद्धिदर कायमै छ, राजश्व बृद्धिदर उच्च गतिमै छ’, अध्यक्ष चौधरीले भन्नुभयो- ‘यो निजि क्षेत्रको व्यवस्थापकीय क्षमताकै कारण सम्भव भएको हो ।’ विगतको दशकमा द्वन्द र राजनीतिक संकटहरु दोहोरिरहँदा पनि नेपाली निजि क्षेत्रले ‘क्राईसिसि म्यानेजमेन्ट’ गर्दै मुलुकको अर्थतन्त्रलाई निराशामा पुग्नबाट जोगाएको विश्लेषण उहाँले गर्नुभयो ।
विश्व अर्थतन्त्रको विकासको सन्दर्भमा पनि निजि क्षेत्रले नै नेतृत्व गर्दै आएको पृष्ठभुमी केलाउदै अध्यक्ष चौधरीले सन् १९७० को दशकमा ‘एसियन टाईगर’को उदयमा पनि निजि क्षेत्रकै भुमिका अग्रपंक्तिमा रहेको बताउनुभयो । ‘अहिले भियतनाम, कम्बोडिया र म्यानमारको आर्थिक विकासको नेतृत्व पनि निजि क्षेत्रले नै लिएको छ’, उहाँले भन्नुभयो- ‘त्यसैले नेपालको आर्थिक विकासको नेतृत्व पनि निजि क्षेत्रले नै गर्न सक्छ भन्नेमा द्विविधा रहनुहँुदैन । सरकारले नीतिगत र व्यवाहारिक रुपमा लगानीको वातावरण तयार गरि आफुलाई सहजकर्ताका रुपमा प्रस्तुत गर्नुपर्छ ।’
कर्पोरेट हाउसहरुको सामाजिक उत्तरदायित्वका बारेमा बोल्दै उहाँले अहिलेको दुनियाँमा कुनै पनि कम्पनीका उत्पादन कति लोकपि्रय छन् भन्ने कुरा उसले सामाजिक उत्तरदायित्वमा कस्तो योगदान पुर्याएको छ भन्ने कुराले निर्धारण गर्न लागेको बताउनुभयो । विल गेट्सले एचआईभी/एड्स नियन्त्रण र भारतको टाटा ग्रुपले क्यान्सर अस्पतालमार्फत् पुर्याएको सेवाले उनीहरुका उत्पादनप्रति समाजमा हेर्ने दृष्टिकोण नै बदलिएको अनुभव ब्यक्त गर्दै उहाँले आम नेपालीले वाईवाई चाउचाउलाई माया गर्नुमा ‘वाईवाई ज्ञानोदय छात्रवृत्ती’ जस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमको प्रभाव पक्कै पनि रहेको विश्वास व्यक्त गर्नुभयो ।
चौधरी ग्रुपले आर्थिक अभावका कारण शिक्षको ज्योतीबाट नेपाली बालबालिका बन्चित हुनु नपरोस् भन्ने लक्ष्यका साथ यो योजना कार्यान्वयन गरिरहेको छ । चौधरी ग्रुपले नेपालमा सोसल विजनेशको अवधारणा कार्यान्वयनमा ल्याउनुको उदेश्य पनि सामाजिक उत्तरदायित्वमा थप योगदान पुर्याउनका लागि भएको उनले प्रष्टयाउनुभयो । चौधरी ग्रुपले बंगलादेशका नोवल पुरस्कार विजेता मोहम्मद युनुसको ग्रामिण ट्रष्टसँगको सहकार्यमा नेपालमा सोसल विजनेशको अवधारणा कार्यान्वयनमा ल्याएको छ । जसका लागि चौधरी ग्रुपले १० करोड रुपैयाँंको सोसल विजनेश फण्ड बनाउने घोषणा गरिसकेको छ । उक्त फण्डलाई एक अर्ब रुपैयाँं पुर्याउने लक्ष राखिएको छ । यो फण्ड वित्तिय स्रोतको पहुँच बाहिर रहेका युवालाई स्वरोजगार बनाउदै व्यवसायीमा रुपान्तरण गर्ने लक्ष्यका साथ परिचालन गरिनेछ । सोही अवसरमा अध्यक्ष चौधरीले लायन्स इन्टरनेशनललाई नेपालमा सोसल विजनेशमा सहकार्य गर्न आव्हान गर्नुभयो । उहाँको प्रस्तावलाई लायन्स इन्टरनेशनलका अध्यक्ष बारी पारमरले सकारात्मक रुपमा लिएका छन् ।
0 comments
Write Down Your Responses