क्रिकेट खेलाडीलाई क्यानले नगदसहित सम्मान गर्दै

ट्वान्टी–२० विश्वकपमा छानिएको नेपाली टोलीलाई नेपाल क्रिकेट एसोसिएसन क्यानले आज नगदसहित सम्मान गर्दैछ । क्यानले साँझ होटल अन्नपूर्णमा नगद पुरस्कार एवं रात्रिभोज आयोजना गर्दैछ । रात्रीभोजमा मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मी पनि सहभागी हुने कार्यक्रम छ ।circ-6
क्यानले नेपाली टोलीका खेलाडीहरुलाई जनही १ लाख पुरस्कार दिनुका साथै मासिक तलव १० हजार पुर्याउने बताएको छ ।सरकारले खेलाडीलाई जनही १० लाख र प्रशिक्षकलाई ५ लाख दिने घोषणा गरिसकेको छ भने नेपाली खेलाडीहरुको सम्मानमा बुधबार नगर परिक्रमा कार्यक्रम राखिएको छ ।
यूएईमा सम्पन्न विश्वकप छनोटमा हङकङलाई ५ विकेटले पराजित गर्दै नेपालले अर्को बर्ष बंगलादेशमा हुने विश्वकपमा स्थान सुरक्षित गरेको थियो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.