पुँजीबजारमा छलाङ, नेप्से ७ सय अंकमाथि, ५२ करोडको कारोबार दुई पटक सर्किट ब्रेक, २३ अंकको वृद्धि

पुँजी बजारले बुधबार छलाङ मारेको छ । दुई पटक सर्किट ब्रेक लाग्दै नेप्से परिसुचक २३ अंकले बढेर नेप्से ७००.८ अंकमा पुगेको छ ।
साताको पहिलो दिनदेखि नै बुलिस ट्रेन लिएको नेप्सेले बुधबार तीव्र गतिमा बढ्यो । बजार खुल्दा ६७७.८ अंकमा रहेको नेप्से दिउसो साढे २ बजे ७०५.४२ अंकमा टेकेको थियो । बजार बन्द हुँदा भने ७०० अंकमा रहृयो । जुन पाँच वर्षयताकै उच्च हो ।
stock buildingयसअघि नेप्से २०६६ भदौ ७ गते ७०२ अंकमा पुगेको थियो । त्यसयता निरन्तर घट्दै गएको नेप्से संविधानसभा चुनावको दोस्रो संस्करणको मत परिणामसँगै हौसिएर तिब्र गतिमा माथि चढेको हो । प्रजातान्त्री दलहरुको पोल्टामा मत परिणाम गएपछि शेयर बजारका लगानीकर्ताहरुमा उत्साह बढेको छ ।
बुधबार ३ प्रतिशतले कारोबारमा वृद्धि भएपछि नेपाल स्टक एक्सचेञ्ले पहिलोपटक १२ बजेर २६ मिनेट जाँदा १५ मिनेट सर्किट ब्रेक गर्‍यो भने ४ प्रतिशतको वृद्धि भएपछि दोस्रो पटक १२ बजेर ५५ मिनेट जाँदा ३० मिनेटका लागि सर्किट ब्रेक लगायो । नेप्सेमा भारी कारोबार हुँदा लगानीकर्तालाई कुल बनाउन सर्किट ब्रेक लगाइन्छ ।
बुधबार एकैदिन नेप्सेमा ५२ करोड ३३ लाख ३३ हजार रुपैयाँमा १३ लाख ८ हजार ९२२ कित्ता सेयर किनबेच भयो । यस अवधिमा २ हजार ७५५ पटक नेप्सेमा शेयर किनबेच भएको थियो । बुधबार एनएमबी बैंकको सबैभन्दा बढी कारोबार भएको छ । बैंकको ३ करोड ७७ लाख ४३ हजार रुपैयाँको शेयर कारोबार भयो ।
त्यसैगरि, चिलिमे हाइड्रोपावरको ३ करोड ६५ लाख ४९ हजार रुपैयाँको शेयर कारोबार भयो भने नेपाल बैंकको २ करोड ४५ लाख ९१ हजार, एनआईसी एशिया बैंकको २ करोड २८ लाख ३७ हजार रुपैयाँ र सानिमा बैंकको २ करोड २३ लाख ६७ हजार रुपैयाँको शेयर कारोबार भयो ।
बुधबार समूहगत परिसूचकतर्फ सबैभन्दा बढी जलविद्युत समूहको वृद्धि भयो । जलविद्युत समूहको ५३.०९ अंकले वृद्धि भयो भने बाणिज्य बैंक समुहको २८.४१ अंकले, इन्स्योरेन्स समुहको ४२.६६ अंक, विकास बैंक समुहको १४.९६ अंक, फाइनान्स समुहको ४.५२ अंक र अन्य समुहको १४.०९ अंकले कारोबार बढ्यो । बुधबार होटल समुहको करोबार भने घटेको छ । होटल समुहको कारोबार १०.२६ अंकले घटेको हो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.