माघदेखि बिजुृली ‘बेहाल’

८ पुस । दैनिक ९ घण्टा लोडसेडि·को अतिरिक्त अनियमित रुपमा बिजुली काटिने समस्या भोग्दै आएका धनुषाबासीले माघ महिनादेखि झन गंभीर संकट भोग्नु पर्ने भएको छ ।
ढल्केबरको मेनलाइनको एक वर्षदेखि बिग्रेको ट्रान्सफरमर मर्मत नहु“दा मध्य माघदेखि बिजुलीको अवस्था अत्यन्त दयनिय हुनेछ ।ट्रान्सफरमर मर्मतको माग निरन्तर भएपनि सम्बन्धित निकाय उदासिन रहेको जनकपुर बितरण केन्द्रका कर्मचारीहरुले जनाएका छन ।
३० केभीएको ट्रान्सफरमर ढल्केबरमा हु“दा यस भेगमा बिजुलीको भोल्टेज लगायतको समस्या कम हुने गथ्र्यो ।तर उक्त ट्रान्सफरमर बिग्रिएपछि समस्या जटिल बनेकोछ ।
‘ढल्केबर स्थित ट्रान्सफरमर मर्मत भएको छैन’क्षेत्रिय विद्युत कार्यालयका निर्देशक बिभूतिनाथ मिश्रले भने–ट्रान्सफरमर मर्मतका लागि भएको प्रयास हाल सम्म सार्थक भएको छैन ।उक्त ट्रान्सफरमर मर्मतका लागि कम्तिमा पनि तीन महिना समय अझै लाग्ने निर्देशक मिश्रको कथन छ ।

उर्जा मन्त्रालयले हेटौडामा बिग्रेर थन्केका ट्रान्सफरमरहरु मर्मतका लागि निर्देशन दिएको बताइन्छ ।तर त्यसको कार्यान्वयन हुने नहुने अझै निश्चित नभएको विद्युतका एकजना कर्मचारीले जनाए ।ट्रान्सफरमर मर्मतगरि अथवा बैकल्पिक व्यवस्थागरि तत्कालै विद्युत आपूर्ती सहज बनाउने उर्जा मन्त्री उमाकान्त झाले कयौं पटक प्रतिबद्धता जनाइसकेकाछन ।तर वर्ष दिन बित्न लाग्दापनि समस्या ज्यूको त्यू छ ।
स्रोतहरुका अनुसार तत्काल काम नरहेपनि रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा ३० केभीएको ट्रान्सफरमर राख्न लागिएकोछ ।
यसै हप्ता भित्र त्यहा“ ट्रान्सफरमर राखिएपनि त्यसको उपयोग हुन केहि समय लाग्ने छ ।विद्युतका कर्मचारीहरुका अनुसार उक्त ट्रान्सफरमर हाल ढल्केबरमा राख्न सकिए विद्युत व्यवस्थित हुन
सक्छ ।
यसै जिल्लाका उर्जा मन्त्री रहेकाले दबाबमूलक कार्यक्रमगरि चन्द्रनिगाहपुरको ट्रान्सफरमर ढल्केबरमा जडान गर्न सकिने संभावना रहेको विद्युत सम्बद्ध कर्मचारीहरु स्विकारछन ।

0 comments

Write Down Your Responses

Powered by Blogger.