नगरकोटमा दुई चिनियाँ पर्यटक मृत फेला

नगरकोटको होटल भ्यु प्वाइन्टमा दुई चिनियाँ पर्यटक मृत अवस्थामा भेटिएका छन् । चिनियाँ पर्यटकको टोलीमै आएका पर्यटकमध्ये ५५ वर्षीय चिन डन मिस्टर एर र ६२ वर्षीय साइ हङ्युन मिस्टर एर एउटै कोठामा मृत अवस्थामा फेला परेका हुन् ।
गएराति खाना खाएर एउटै कोठामा सुतेका ती पर्यटक बिहान अबेरसम्म नउठेपछि होटल सञ्चालक दिनेश श्रेष्ठ र चिनियाँ पर्यटकको टोली नेतासहितले ढोका फुटाएर हेर्दा उनीहरु मृतावस्थामा भेटिएको होटेलले जनाएको छ ।
मृत अवस्थामा पर्यटक भेटिएलगत्तै नगरकोट प्रहरी प्रभागबाट गएको प्रहरी टोलीले प्रारम्भिक र काभ्रेबाट प्रहरी टोली आएर अनुसन्धान सुरु गरेका छन् । पर्यटकको मृत्युको कारण भने खुल्न नसकेको प्रहरीको भनाइ छ । रासस

बिज्ञापन (रेस्लीङ गेम)

0 comments

Write Down Your Responses

Powered by Blogger.