नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सीआईबी)ले एभरेष्ट इन्स्योरेन्स कम्पनी लि.का पूर्व प्रमुख कार्यकारी अधिकृत केवलकृष्ण श्रेष्ठलाई बिहीवार पक्राउ गरेको छ । श्रेष्ठलाई गैरकानूनीरुपमा २ करोड ५० लाख ८९ हजार ५ सय ८१ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । विभिन्न शिर्षकमा खर्च देखाई सोको भुक्तानी आफैंले लिएको अनुसन्धानमा देखिएपछि श्रेष्ठलाई पक्राउ गरिएको सीआईबीले बताएको छ । ‘बीमित तथा लगानीकर्तालाई प्रत्यक्ष असर पर्नेगरी ठगी गरेको सीआईबीको प्रारम्भिक अनुसन्धानमा देखिएपछि श्रेष्ठलाई उहाँकै निवास सातदोबाटो ललितपुरबाट पक्राउ गरिएको सीआइबीले जनाएको छ । एभरेष्ट इन्सयोरेन्सको अनुसन्धानमा संलग्न बीमा समितिका अधिकारीहरुका अनुसार श्रेष्ठ एक्लैले उक्त रकम लिएका होइनन् । उक्त रकम बाँड्नेमा तत्कालीन अध्यक्ष राजेन्द्रकुमार खेतान र अर्का एक सञ्चालक पनि छन् । ‘अध्यक्ष र सञ्चालकको मिलेमतोबिना सीइओ एक्लैले यति ठूलो करम बोर्डबाट पास गराउन सक्दैन ।’ बीमा समितिका एक अधिकारीले अनलाइनखबरसँग भने -तत्कालीन अध्यक्ष खेतान पनि तानिने संभावना छ ।’ श्रेष्ठले कम्पनीबाट मासिक साढे २ लाख लिँदै आएको तलबको केही अंससमेत सञ्चालकहरुलाई बाँडिएको आशंका बीमा समितिले गरेको थियो । कहाँबाट शुरुभयो काण्ड ? एभरेष्ट इन्स्योरेन्का तत्कालीन अध्यक्ष राजेन्द्रकुमार खेतानको हिमालयन स्न्याक्स इन्डष्ट्रिजमा भएको आग्लागीको दाबीमा प्रक्रिया नपुर्याई ४ करोड रुपैयाँ एडभान्स पेमेन्ट दिएपछि श्रेष्ठ विवादमा मुछिएका हुन् । सर्भेयरको प्रतिवेदन आउनुअगाबै एक महिनामा ४ करोड रुपैयाँ अग्रिम भुक्तानी गरिएको थियो । बीमा समितिले तत्काल उक्त रकम फिर्ता गर्न निर्देशन दिएको थियो । तर, श्रेष्ठले समितिको निर्देश पालना नगरी त्यसको प्रतिवाद गर्नुभयो । उक्त रकम फिर्ता गर्नुपरे बरु कम्पनी बन्द गर्ने सार्वजानिक चेतावनी दिनुभयो । वीमा समितिले तत्कालीन अध्यक्ष राजेन्द्र खेतानलाई कारवाही गर्यो । त्यसपछि सीइओ श्रेष्ठलाई पनि कारवाही गर्यो । बीमा समितिको कारवाहीसँगै एभरेष्ट र बीमा समितिबीच लामो समय जुहारी चल्यो । त्यही अवधिमा बीमा समितिले श्रेष्ठमाथि अनुसन्धान गर्यो । अनुसन्धानका क्रममा बीमा समितिले १९ वटा कमजोरी फेला पार्यो । जसमा बढी खर्च गरेको, एक वर्षमा ३२ लाख रुपैयाँ बराबरको रक्सीको बिल कम्पनीमा पेस गरी भुक्तानी लिन खोजेको, प्रक्रिया नपुर्याई एडभान्स पेमेन्ट दिएको, समितिले तोकेकोभन्दा बढी तलब तथा भत्ता लिएको, समितिले बीमा कम्पनीको सीइओ बन्न तोकेको योग्यता नपुगेको, कम्पनीका नाममा विभिन्न भौचर बनाई आफैंले त्यसको भुक्तानी लिएकोलगायतका १९ वटा कमजोरीहरु फेला पारेको तियो । स्रोतका अनुसार भ्याट र प्यान बिनाका पर्याप्त विलहरू भेटिएका छन्, प्रतिव्यक्ति १ हजार रूपँयाँ दलले खर्च गरिएको चार वटा विल छन्, जसमा प्रत्येकमा १ हजार छन् । नियामक निकायको कारवाही बीमा समितिले श्रेष्ठलाई १० हजार रुपैयाँ जरिवाना गर्दै सीइओ बन्न अयोग्य घोषणा गरी तत्काल बदबाट बर्खास्त गर्न एभरेष्टको सञ्चामलक समितिलाई निर्देशन दिएको थियो । तर, एभरेष्टको सञ्चालक समितिले बीमा समितिको निर्देशन मानेन् । पदबाट राजीनामा गरी कम्पनी सचिबका रुपमा केही समय काम गरेपनि उहाँलाई पुन सीइओ नियुक्ति गरियो । उहाँको नियुक्तिलाई बीमा समितिले ठाडै अस्वीकार गर्यो । बीमा समितिले गुहार्यो सीआईबी आफूले दिएका निर्देशनको अटेर गरेपछि बीमा समितिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोलाई थप अनुसन्धान गर्न १९ वटा कमजोरी भएको फाइलसहित पत्राचार गर्यो । सीआईबीको ९ महिना लामो अनुसन्धानबाट ठगी गरेको पुष्टि भएपछि बिहीवार पक्राउ गरिएको सीआईबी प्रबक्ता पिताम्बर अधिकारीले जानकारी दनिुभयो । ‘वित्तीय अपराधका मुद्दाहरुमा लामो अनुसन्धान गरी प्रष्ट प्रमाण भेटेपछि मात्रै पक्राउ गरिन्छ’ उहाँले भन्नुभयो -उनले गरेका ठगी पुष्टि हुने कागजात हामीसँग छन ।’ कम्पनी नविकरण नगर्नु २०६९ चैत्र मसान्तसम्ममा कम्पनी नबिकरण गर्नुपर्ने भएपनि श्रेष्ठले एभरेष्टले इनस्योरेन्सले समितिसमक्ष नबिकरणको प्रस्ताबसमेत गरेनन् । कम्पनी नबिकरण नभएपछि सम्पूर्ण कारोबार बन्द हुँदै आएको थियो । त्यसो त कम्पनी बन्द गर्ने धम्की दिँदै केही दिन कम्पनी बन्द पनि गरियो । कम्पनी तत्काल नखुलाए कडा कारवाही गर्ने चेतावनी बीमा समितिले दिएपछि कम्पनी खुलाईयो । तर, बीमा समितिले दिएका कुनैपनि निर्देश्न पालना गरिएन । कर्मचारीलाई ‘दुस्मन’को व्यवहार श्रेष्ठ र एभरेष्टका कर्मचारीसँग लामो समयदेखि सम्बन्ध चिसिएको थियो । कम्पनी सञ्चालकहरुसँग मिलेर कर्मचारीलाई दुस्मनको व्यवहार गरेको भन्दै श्रेष्ठको राजीनामा माग गर्दै कर्मचारीहरुले लामो समय आन्दोलनसमेत गरे । कम्पनी सञ्चालनको माग गर्ने कर्मचारीलाई उल्टो कारबाहीको धम्की दिइएको कर्मचारीले बताए । विगत एक महिनादेखि बिमा समितिले नै एभरेष्ट इन्स्योरेन्सको ब्यबस्थापन सम्हालिरहेको छ ।
साढे दुई करोड ठगी आरोपमा एभरेष्ट इन्स्योरेन्सका पूर्वसीइओ पक्राउ
Powered by Blogger.
0 comments
Write Down Your Responses