धनुषामा धान उत्पादनमा कमी
धनुषामा यस वर्ष धान उत्पादनमा कमी आउने भएको छ । समयमा पानी नपरेकोले यस वर्ष धनुषामा धान रोपाई पूरा सकेको थिएन् ।
धान रोपाई पूरा हुन नसकेका कारण जिल्लाका खेती योग्य जमिन बा“झो रहेकोले यस वर्ष धान उत्पादनमा कमी आउने भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
कार्यालयका योजना अधिकृत सुरेन्द्र गोइतले १ लाख १६ हजार ६ सय ४७ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरेको बताए ।
जिल्लामा धान कटाई जारी नै रहेकाले पुर्ण तथ्यांक आउन नसकेपनि गत वर्षको तुलनामा करिव ३० हजार २ सय ४३ मेट्रिक टन धान उत्पादन कम हुने अनुमान जिल्ला कृषि विकास कार्यालयको छ ।
धान उत्पादनमा कमी आएकाले यस वर्ष धानको मुल्य झन बढ्न सक्ने अपेक्षा गरिएको छ । जिल्लामा अपेक्षा अनुसारको धान उत्पादन हुन नसकेपछि भारतीय चामलमा निर्भर हुनुपर्ने बाध्यता रहेको छ । जिल्लामा ६५ हजार ५ सय ४० हेक्टर क्षेत्रफल खेती योग्य जमिन रहेकोमा ४० हजार ६ सय ३४ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाई भएको कार्यालयले जनाएको छ । खेती योग्य जमिनको ६२ प्रतिशत मात्र रोपाई भएको जनाउदै योजना अधिकृत गोइतले समयमा पानी नपरेकाले ३८ प्रतिशत जमिन बांझै नै रहेको बताए ।
गत वर्ष ५६ हजार ३ सय ३० हेक्टर क्षेत्रफलमा रोपाई भएकोमा १ लाख ४६ हजार ८ सय ९० मेट्रिक टन धान उत्पादन भएको थियो ।
धनुषाको सबैला, रघुनाथपुर, खरिहानी, यदुकुवा, गोठकोयलपुर, चोराकोयलपुर, बालाबाखर, बनिनिया“, लक्ष्मीपुर बगेवा, सोहनी सिनुरजोरा, बहुअर्वा, लगायतका क्षेत्रमा सोना मनसुरी, रामबिलास, सुवर्ण स्वबन, बास्मती लगायत प्रजातिका धान खेती बढी मात्रामा हुने गरेको छ ।
यस्तै गत वर्ष ४० हजार हेक्टर क्षेत्रफलमा लगाइएको गहुं यस वर्ष पनि सोहीको आसपासको क्षेत्रफलमा गहुं लगाइने अनुमान कार्यालयले गरेको छ ।

0 comments
Write Down Your Responses