जनकपुरलाई एकीकृत योजनामा विकास गर्नुपर्छः अध्यक्ष प्रचण्ड
एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वृहत्तर जनकपुर क्षेत्रलाई पशुपति र लुम्विनी कै स्तरमा राखेर एकीकृत योजना अन्तर्गत विकास गर्न जरुरी रहेको बताएका छन ।
वृहत्तर जनकपुर विकास परिषदमा विहिवार आयोजित एक कार्यक्रममा अध्यक्ष्ँ प्रचण्डले एकीकृत योजना अन्तर्गत राखेर विकास गर्नसके जनकपुरका साथै समग्र मधेशकै आर्थिक र पर्यटकीय विकासमा गुणात्मक योगदान पुग्नेमा आशा व्यक्त गरे ।
जनकपुर वृहत्तर क्षेत्रलाई एकीकृत योजना अन्तर्गत राखेर विकास गर्न आफनो पार्टीले पहल गर्ने आश्वासन दिंदै उनले जनकपुर क्षेत्रको विकासका र प्रगतिको कामना समेत गरे ।
कार्यक्रम भन्दा पहिला जनकपुरमा एयर पोर्टमा संचारकर्मीसंगको कुराकानीमा प्रचण्डले निर्वाचनमा धांधली भएको भन्दै उच्च स्तरिय छानबीन आयोग गठन गर्नु पर्नेमा जोड दिए । निर्वाचनमा परिवर्तन पक्षधरलाई पराजित गराउन नियोजित ढंगले षडयन्त्र भएको उनको आरोप थियो ।
जनताको हितमा संविधान जारी गर्नु एमाओवादीको प्रथम प्राथमिकता रहेको बताउदै प्रचण्डले राष्ट्रपति फेर्ने तर्फ केन्द्रित नभएको बताए ।
संचारकर्मीको एक प्रश्नमा प्रचण्डले आफूहरुले उठाएको विषयमा साकारात्मक पहल भए मात्र संविधानसभा जानुको औचित्व हुने उल्लेख गरे ।
संविधानसभामा सहभागी नै नहुने भनेका हैनौ उनले भने वर्तमान प्रक्रियाबाट मात्र अलग भएका हौं । उच्च स्तरिय छानबीन आयोग गठन भए संविधानसभामा सहभागी हुने उनको कथन थियो ।

0 comments
Write Down Your Responses