अस्थायी पार्कि·को तयारी पुरा
२१ मंसिर । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले विवाह पञ्चमी महोत्सव समय अवधिका लागि अस्थायी पाकिङको स्थापना गरेको छ । कार्यालयका प्रमुख प्रहरी उपरिक्षक राजन भेटवालले विवाह पञ्चमीमा सहभागी हुन राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रबाट सवारी साधनमा जनकपुरमा आउने भएकाले सवारी साधनलाई व्यवस्थित गर्न अस्थाई पाकिङको व्यवस्था गरेको बताए ।
भेटवालले ढल्केवरबाट आउने ठूला तथा साना सवारी साधनहरुका लागि मुजेलिया कभर्डहल कम्पाउण्ड एरिया, यदूकुहा तथा पर्साही तर्फबाट आउने ठूला तथा साना सवारी साधनलाई पुलचोक बसपार्कमा, कपिलेश्वर पूर्व तर्फबाट आउने ठूला तथा साना सवारी साधनलाई कपिलेश्वर बसपार्कमा, जटही तर्फबाट आउने ठुला तथा साना सवारी साधनलाई माछापालन अगाडीको कुवा बजार चौरमा, भिठठामोड तथा
जलेश्वर तर्फबाट आउने ठूला सवारी साधनलाई नयां बस पार्क र साना सवारी साधनलाई पुरानो बसपार्कमा, लोहारपटटी तथा कुर्था तर्फबाट आउने ठूला तथा साना सवारी साधनलाई आंखा अस्पताल अगाडीको चौरमा र भ्रमरपुरा तर्फबाट आउने ठूला तथा साना सवारी साधनलाई भ्रमरपुरा चोकको पश्चिम तर्फ रहेका पेट्रोल पम्पको अगाडीमा निःशुल्क पाकिङ गर्ने व्यवस्था मिलाएको बताए । उनले जनकपुर नगर भित्र पर्ने मुरली चोक, कदम चोक, भानु चोक, मिल्स एरिया, वंशी चोक, थापा चोक, पिडारी चोक, रामानन्द चोक, बजरंग चोक, भ्रमरपुरा चोक भन्दा भित्र शनिवार सम्पुर्ण साना ठूला सवारी साधन प्रवेशमा निषेध गरिने समेत
जनाए ।
उनले विवाहपञ्चमीको दिन सम्भव भए सवारी साधन भन्दा पैदल नै यात्रा गरिदिन नगरवासीमा आग्रह गरे ।
ट्राफिक व्यवस्थित गर्न लागि परेको बताउदै भेटवाले जनकपुरमा मात्र ३२ भन्दा बढी स्थानमा ट्राफिक युनिट समेत खडा गरिने बताए ।

0 comments
Write Down Your Responses