एकदिवसीय विश्वकप छनोटमा नेपाल स्कटल्याण्ड र क्यानडासँगै
काठमाडौं । सन् २०१५ को एकदिवसीय विश्वकप छनोटमा नेपाल स्कटल्याण्ड र क्यानडासहितको समूहमा परेको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद् आइएसीसीले बुधबार सार्वजनिक गरेको समूह तालिका नेपाल यूएई, स्कटल्याण्ड, हङकङ र क्यानडासहित समूह एमा परेको हो । समूह बीमा नेदरल्याण्ड, केन्या, नामिबिया, पपुवा न्यूगिनी र युगान्डा रहेका छन् ।
न्यूजिल्याण्डमा हुने छनोट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल पुस २९ गते यूएईसँग खेल्नेछ । त्यसअघि पुस २७ गते नामिविया र २६ गते केन्यासँग अभ्यास खेल हुनेछ ।
नेपालले माघ २ गते स्कटल्याण्ड, ५ गते हङकङ र ७ गते क्यानडाविरुद्ध खेल्नेछ । समूह चरण्मका उत्कृष्ट तीन टोली सुपर सिक्समा पुग्नेछन् । सुपर सिक्सबाट फाइनलमा पुग्ने दुई टोलीमा २०१५ मा हुने एकदिवसीय विश्वकप खेल्नेछ । आयरल्याण्ड र अफगानिस्तान विश्वकपका लागि छनोट भइसकेका छन् ।
- See more at: http://www.onlinekhabar.com/2013/12/141956/#sthash.xGKajjAi.dpuf
0 comments
Write Down Your Responses