मटिहानी नगरपालिका बन्ने तरखरमा

जनकपुर अञ्चलकै केही मुख्य व्यापारीक स्थलहरु मध्ये महोत्तरी स्थित मटिहानी बजारमा विकास निर्माणका ठोस पूर्वाधार तयार भएपछि नगरपालिकाको रुपमा विकसित हुदैछ । अव्यवस्थित बसोबासले र आधारभूत भौतिक संरचनाका आभावमा ओझेलमा परिसकेको आदर्श गाउ विकास समितिमा अहिले आएर पून विकासका सम्भावनाहरु देखा पर्न थालेका छन् ।
विकास निर्माणका लागि पर्याप्त सरकारी अनुदान सहयोग गाविसको कार्यालयको अधिकार क्षेत्र भित्र पर्ने सिमित साधन स्रोत र विकास सग सम्बद्ध सरकारी गैरसरकारी निकायसँग को समन्वयले गर्दा मटिहानी नगरपालिका बन्ने तर्फ उन्मुख हुन थालेका छन् । आदर्श गाउँ विकास समितिका सचिव सुरेन्द्र ठाकुरले गाविसका अधिकांश बजेट विकास निर्माणका लागि प्रभावकारी र परिणाम मुखि ढंगले परिचालन गर्दैछ ।

पूर्वमा धनुषाको सिमा क्षेत्र स्थित विग्ही नदी दक्षिण भारत सिमा क्षेत्रको मधवापुर र उत्तर पश्चिममा महोत्तरी जिल्लाकै धिरापुर र पर्सापतैली गाविससँग जोडिएको मटिहानी गाविसको कुल जनसंख्या करिब २५ हजार रहेको छ । हिन्दु र मुस्लिम समुदाय रहेको परम्परागत सदभाव र सौहार्दपूर्ण सम्बन्धले गर्दा मटिहानी गाविस जिल्लाका अन्य बहु धार्मिक गाविसको तुलनामा विशिष्ट देखिएको छ ।
अहिलेको मटिहानी बजारको स्थापनासँग जोडिएको महा पुरुष तस्मैयाबाबा र पीर बाबा अलग अलग धर्म मान्ने भएपनि कायम गर्नु भएको घनिष्ठ सम्बन्ध शताब्दि पछि पनि हिन्दू मुस्लमानहरुका लागि आदर्श बनेको छ  राम उच्च मावि मटिहानी प्रधानाध्यापक अमिरीलाल मण्डलको धारना रहेको छ ।

मटिहानी व्यापारिक दृष्टिले महत्वपूर्ण ठाउ नभएर शैक्षिक र धार्मिक सन्दर्भमा पनि अग्रपंक्तिमा छ । प्राचीन धार्मिक ग्रन्थहरुमा उल्लेख भए अनुसार त्रेता गुगमा श्री राम र सीताको विवाह हुदा यज्ञबेदी निर्माण गर्न यस ठाउबाट पवित्र माटो लगी मृतखनी नामकरण गरिएको थियो र वर्षौ पछााडि आएर मृतखनी शब्द अपभ्रंश हुन गइ बोलचालमा मटिहानी उच्चारण हुनथालेको कुरा पत्रकार रामकुमार मण्डल बताउनुहुन्छ ।

मटिहानी गाविसका अति प्राचीन याज्ञवल्क्य लक्ष्मीनारायण क्याम्पस र राजकीय संस्कृत माध्यमिक विद्यालय रहेको छ । जसमा देश विदेशका हजारौँ व्यक्तिले शिक्षा प्राप्त गरेका छन् भने सयौं छात्रछात्रा संस्कृत पाठ्यक्रम अनुरुपको तालिम हासिल गर्दैछन् । यसका अतिरिक्त ३ वटा सरकारी र ४ वटा निजी शैक्षिक सँस्थाहरुमा मटिहानी गाविसका ३ हजार भन्दा बढी छात्रछात्राहरु रहेका बताउनु हुन्छन् ।
नेपाल अधिराज्य कै सबभन्दा ठुलो राज गुठी रहेको मटिहानी गाविसमा जनताको प्रत्यक्ष सरोकार सँग सम्बद्ध स्वास्थ्य यातायात आदि उपलब्ध रहेको छ । पूर्ण विधुतीकरण भइसकेको यस गाविसमा कृषि पशु हुलाक खानेपानी सम्बन्धित कार्यालयहरु रहेको छ ।
सञ्चार क्षेत्रको दर्जनौ टेलिफोन जडान भइसकेको मटिहानीमा बस स्टेण्ड निर्माण फायर ब्रिगेड र एम्बुलेन्स उपलब्ध गराउन विभिन्न निकायमा पहल गरिएको कुरा महोत्तरी उधोग वाणिज्य सँघका अध्यक्ष विजय कुमार साहले बताउनु भयो ।
मटिहानी गाविसलाई सुरक्षित र सुविधा सम्पन्न बस्तीको रुपमा विस्तार गर्न गाविस ले ९ वटा विकास निर्माण सम्बन्धि कार्यक्रम अघि सारेको छ । जसमा सभा भवन निर्माण, नदी नियन्त्रण, विद्यालय निर्माण, स्वास्थ्य क्षेत्रमा निजी सहभागिता खानेपानीको पाइप विस्तार लक्ष्मी सागरको संरक्षण आदि रहेको छ ।

 

0 comments

Write Down Your Responses

Powered by Blogger.