भारत र दक्षिण अफ्रिका विरुद्ध एकदिवसीय श्रृंखला आजदेखि सुरु हुदै
२० मंसिर । लगातार ६ एकदिवसीय श्रृखला जितेर दक्षिण अफ्रिका पुगेको भारतीय टोलीले बिहीबार (आज) देखि एकदिवसीय अभियान थाल्ने भएको छ ।
दक्षिण अफ्रिका विरुद्ध तीन म्याचको एकदिवसीय श्रृंखलाको पहिलो खेल बिहीबार जोहान्सवर्गमा खेल्ने भएको छ ।
वेस्टइण्डिज विरुद्धको एकदिवसीय श्रृंखला जितेर भारत दक्षिण अफ्रिका पुगेको छ भने घरेलु टोलीले पाकिस्तान विरुद्धको श्रृंखलामा पराजयका सामना गर्नुपरेको थियो ।
दक्षिण अफ्रिकाको पिच भारतीय ब्याट्सम्यानहरुको लागि चुनौती बन्दै आएकोले यस पालीको श्रृंखलामा पनि घरेलु टोली हावी हुने आशंका गरिएको छ । विश्वको शीर्ष क्रमका बलर डेल स्टेन, मोर्ने मोर्कल, सोत्सोवेले भारतीय युवा ब्याट्सम्यानहरुको परीक्षा लिने भएका छन् ।
हुनतः उनीहरुको विरुद्ध आइपीएलमा पटक पटक खेलिसकेकोले त्यति समस्या नहुने बताइएको छ । फर्ममा चलिरहेको भारतीय शीर्ष क्रमका ब्याट्सम्यानहरुले लगातार रन बनाउदै आएका छन् ।
यसअघि सम्पन्न विभिन्न एकदिवसीय श्रृंखलामा भारतका शीर्षका तीन खेलाडी (शिखर धवन, रोहित शर्मा र विराट कोहली) ले लगातार रन बनाउदै आएपनि दक्षिण अफ्रिकामा रन बनाउन सहज नहुने क्रिकेट जानकारहरु बताउछन् ।
स्वीमिङ र फास्ट ट्रयाकमा भारतीय ब्याट्सम्यानहरुले जहिलेपनि संघर्ष गर्नुपरेको विगतको तीतो अनुभव लिई दक्षिण अफ्रिका पुगेको धोनी नेतृत्वको भारतीय टोलीले यस वर्ष इतिहास कायम गर्ने अपेक्षा गरिएको छ ।
प्रतिभाशाली युवा खेलाडीहरुले भरिभराउ भारतले यसअघि इंग्लैण्ड, वेस्टइण्डिज, जिम्बाबेसहित घरेलु श्रृंखलामा लगातार जित निकालेको छ ।
शीर्ष क्रमका तीन खेलाडी बाहेक मध्यक्रममा युवराज सिंह र कप्तान धोनीको प्रदर्शनमा भारतीय टोली निर्भर छन् । यता, गत साता सम्पन्न पाकिस्तान विरुद्धको एकदिवसीय श्रृखलामा २–१ ले पराजित भएको घरेलु टोली दक्षिण अफ्रिकाले भारत विरुद्धको रेकर्ड बिग्रिन नदिने लक्ष्य लिई मैदानमा उत्रिने भएको छ ।
लगातार रन बनाउदै आएका हासिम अमला र कप्तान एवीडिविलियर्स बाहेक अनुभवी अलराउण्डर ज्याक कैलिस टीममा फर्के पछि घरेलु टोली थप बलियो भएको छ ।
यी तीनै खेलाडीलाई भारतीय बलरले सस्तैमा आउट गर्न सके मात्र म्याच जित्ने सम्भावना हुन्छ । तीनै खेलाडी म्याच विनरको रुपमा चिनिन्छ ।

0 comments
Write Down Your Responses