राष्ट्रपतिवारे बखेडा नझिक्न खनाललाई कोइरालाको आग्रह
२० मंसिर, काठमाडौँ । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले राष्ट्रपति र उपराष्ट्रपतिको चयनवारे बखेडा नझिक्न एमाले अध्यक्ष झलनाथ खनाललाई आग्रह गर्नु भएको छ । बिहीवार खनाल निवास डल्लु भएको भेटमा काँग्रेस सभापति कोइरालाले अन्तरिम संविधानको मर्म अनुसार अगाडि बढ्नु पर्नेमा जोड दिनु भएको हो ।
एमाले स्थायी कमिटीको वैठकले बुधवार नयाँ जनादेश अनुसार नयाँ राष्ट्रपति र उपराष्ट्रपति चयन गर्नु पर्नेमा जोड दिएको भोलिपल्टै खनाललाई भेट्न कोइराला डल्लु पुग्नु भएको हो । भेटमा सभापति कोइरालाले खनाललाई नयाँ संविधान जारी गरेपछिमात्रै नयाँ राष्ट्रपति र उपराष्ट्रपति चयन गर्नुपर्ने वताउनु भएको थियो । तर जवाफमा एमाले अध्यक्ष खनालले जनताले दिएको म्याण्डेटलाई सम्मान गर्दै अघि वढ्नु पर्नेमा भन्दै राष्ट्रपति र उपराष्ट्रपतिको चयन संविधान जारी गर्नु अघि नै गर्नु पर्ने वताउनु भएको थियो ।

भेटपछि पत्रकारहरुसंग कुराकानी गर्दै काँग्रेस सभापति कोइरालाले पहिलो कार्य संविधान जारी गर्नु भएको भन्दै संविधान निर्माणतर्फ लाग्नु पर्ने वताउनुभयो । उहाँले नयाँ संविधान जारी गर्ने वित्तिकै राष्ट्रपति र उपराष्ट्रपति स्वत: पदमुक्त हुने भएकाले त्यसवारेमा विवादमा अल्झिन नहुने वताउनुभयो । खनाललाई आफूले राष्ट्रपति र उपराष्ट्रपतिको चयनबारे विवादमा नअल्झिन आग्रह गरेको वताउनुभयो ।
भेटमा कोइराला र खनालवीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, नयाँ संबिधान निर्माण, नयाँ सरकार गठन र शक्तिको वाडफाँड लगायतका बिषयमा आपसि समझदारी बनाएर अघि बढ्ने विषयमा छलफल भएको खनालका स्वकीय सचिव रामबाबु अधिकारीले वताउनुभयो ।
0 comments
Write Down Your Responses