इस्लामी नेता कादर मुल्लालाई फाँसी

बिज्ञापन (रेस्लीङ गेम) बंगलादेशमा कट्टरपन्थी इस्लामी नेता अब्दुर कादर मुल्लालाई फाँसी दिइएको छ । सर्वोच्च अदालतले मुल्लाको फाँसी सजायलाई सदर गरे लगतै बिहीबार अबेर उनलाई फाँसी दिइएको हो ।

abdul kader mullah
बंगलादेशको गृह मन्त्रालयले राती १० बजे ढाकाको सेन्ट्रल जेलमा उनलाई फाँसी दिइएको बताएको छ । फाँसीको सजाय पुनर्विचार गर्न मुल्लाले दिएको निवेदन रद्द गर्दै सर्वोच्चले सजाय कायमै राखेको थियो । सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्र हुन भएको युद्वका क्रममा मानवताविरुद्ध अपराध गरेको आरोपमा मुल्लालाई गत फेब्रुअरीमा एक अलदालले फाँसीको सजाय सुनाएको थियो ।
मुल्लालाई फाँसी दिएपछि बंगलादेशको केही शहरमा हिंसाको खबर आएको छ । विपक्षी कार्यकर्ता र प्रहरीबीच भएको झडपका क्रममा कम्तिमा ५ जनाको मृत्यु भएको छ । पार्टी जमात–ए–इल्लामी पार्टीले भने मुल्लामाथिको आरोप राजनीति प्ररित भएको बताएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.