मध्य पहाडी लोकमार्गको काम धमाधम

बागलुङ, मंसिर ३० - पूर्वपश्चिम मध्य पहाडी लोकमार्गअन्तर्गत बागलुङ खण्डको अधिकांश भाग आगामी दुई वर्षमा कालोपत्रे गरिसक्ने गरी काम सुरु भएको छ ।
सदरमुकामदेखि हटिया, खरवाङ, बुर्तिवाङ, निसी हुँदै रुकुम जोड्ने सडकमध्ये हटियादेखि बुर्तिवाङसम्म कालोपत्रे गर्ने गरी काम सुरु भएको मध्य पहाडी लोकमार्ग आयोजना प्रमुख बलराम मिश्रले बताए ।
अहिले सदरमुकामदेखि हटियाको ४२ किमि खण्ड चक्ल्याउने काम सुरु भएको छ भने हटियादेखि खरवाङ कालोपत्रे गर्न नाली निर्माण, ग्राभेललगायत काम भइरहेको छ । त्यस्तै खरवाङदेखि बुर्तिवाङको खण्डमा पनि ग्राभेलको काम सुरु भएको छ ।
केही समयदेखि रोकिएका पुल निर्माणलाई पनि तीव्रता दिएपछि कालोपत्रे हुनेमा उपभोक्तामा विश्वास पलाएको छ । 'कामले तीव्रता लिएकाले छिट्टै सडक बन्ने विश्वास छ,' देवीस्थान, बोहरागाउँ, झिम्पा, निसी सडक उपभोक्ता समिति अध्यक्ष भविन्द्र कुँवरले भने, 'जनताको चाहनाअनुसार लिंक सडक निर्माणमा पनि आयोजनाले चासो दिएको छ ।'
देशको झैं बागलुङ जिल्लालाई पनि पूर्वपश्चिम मेरुदण्ड बनाएर गएकाले राजमार्ग वरदान भएको स्थानीय विकास अधिकारी पुण्यविक्रम पौडेलले बताए । 'जिल्लाको मेरुदण्डलाई आयोजनाले हेरेपछि जिविसले शाखा सडकलाई लगानी गर्ने अवसर पाएको छ,' पौडेलले भने, 'अवरुद्ध भएका केही पुल निर्माणमा पहल गरेपछि धमाधम काम भएकाले आयोजनाप्रति विश्वास पलाएको छ ।'
वषौर्ंदेखि वषर्ातमा सवारी नचल्ने समस्या आगामी वर्ष हट्नेसमेत पौडेलले बताए । जिल्लाभित्र मात्र राजमार्गको १ सय ३९ किमि सडक खण्ड पर्छ ।
त्योमध्ये सबै सडकको ट्रयाक खुलिसकेको छ । चालू वर्षको बजेटमा समेत बागलुङ खण्डको केही भागमा कालोपत्रे गर्न बजेट विनियोजन भएको छ ।
चालू वर्ष हटियादेखि खरवाङ कालोपत्रे हुनेछ भने आगामी वर्षभित्र हटियादेखि बुर्तिवाङसम्म नै कालोपत्रे बन्ने मिश्रले बताए ।
लिंक रोडमा डेढ करोड
राजमार्गमा आवश्यक पर्ने 'लिंक रोड' निर्माणमा पनि आयोजनाले चासो देखाएपछि भौतिक योजना तथा निर्माण मन्त्रालयले देवीस्थानदेखि निसीसम्मको १५ किमि निर्माणमा १ करोड ५० लाख निकासा दिएको छ ।
मुख्य राजमार्ग अवरोध भएमा सजिलै पार गर्न सकिने बनाउन सरकारी नीतिमा समेत 'लिंक रोड' बनाउने व्यवस्थाअनुसार उक्त खण्डको ट्रयाक चालू वर्षमै खुलाउन रकम दिएको हो ।
उक्त खण्डको निर्माणका लागि स्थानीय उपभोक्ताले चासो देखाएपछि मन्त्रालयले बजेट दिएर काम थाल्न लगाएको मन्त्रालयका सचिव तुलसी सिटौलाले बताए ।
छविलाल पन्तको मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत उक्त रकमले यो वर्ष उक्त 'लिंक रोड' को ट्रयाक खुल्ने निर्णय भएको मन्त्रालयका सहजकर्ता द्रोण कुँवरले बताए ।
उक्त 'लिंक रोड' निर्माणका लागि ३० करोड लगत स्टिमेटसमेत गरिएको उनले बताए । 'लागत सर्भे भइसकेर सबैभन्दा कम खर्चमा निर्माण गर्न सकिने स्थानका रूपमा यो सडकलाई छानिएको हो,' कुँवरले भने, 'यो अभियानलाई मन्त्रालय, आयोजना र डडेलधुराका कर्णबहादुर मल्लले समेत धेरै सहयोग गरेका छन् ।'

0 comments

Write Down Your Responses

Powered by Blogger.