ब्रोडगेजको पहिलो चरण पुस प्रारम्भबाट



भारत सरकारको सहयोगमा निर्माण हुन लागेको ब्रोडगेज रेल निर्माणको पहिलो चरण पुसको प्रारम्भबाट सुरु हुने भएकोछ ।
रेलवेका महानिर्देशक राजेश्वरमान सिंहले पहिलो चरणको कामका लागि भारतको बंगाल राज्यको गुहाटीबाट निर्माण उपकरणहरु पठाउन थालिएको जनाए ।
‘भारतको सीमावर्ती जयनगरस“ग जोडिएको नेपालको इनर्वादेखि महुवा सम्मको करिब २३ किलोमिटर लामो रेलमार्गमा माटो पुर्ने र पुलपुलेसा निर्माण गरिनेछ’उनले भने–दोस्रो चरणको कामपनि ठेक्का प्रकृयामा रहेकोछ ।

इनर्वा र महुवाको बीचमा ४२ वटा साना पुल र ९ वटा ठूला पुल निर्माण गरिने जयनगर–बर्दीबास ब्रोडगेज रेलवेका फिल्ड अफिसर टेकराज बोहराले जनाए ।उनले दुई वर्ष भित्र माटो पुर्ने काम र पूलपुलेसा निर्माणको काम पुरा हुने बताए ।
असम राज्यको गुवाहाटी स्थित नायक इन्फ्रास्ट्रक्चर प्रा.लि.ले ठेक्का पाएकोछ ।पहिलो चरणको काम सम्पन्न भएपछि भवनको काम गरिने र त्यसपछि ट्रयाक ओछ्याउने काम हुने उनले जनाए ।

महानिर्देशक सिंहका अनुसार बिजलपुरा सम्मको काम केहि चा“डै भएपनि बर्दिबास सम्म रेल पु¥याउन समय लाग्नेछ ।बिजलपुरादेखि बर्दिबासको खासै काम हुन नसकेको उनले जनाए ।
जनकपुर भन्दा पहिले नै बिराटनगर नाका सम्म जोडने भारतीय रेलको लागि माटो पुर्ने र पुल निर्माणको काम सम्पन्न भइसकेकोछ ।भारतिय सहयोगमा निर्माणाधिन राजमार्गहरुको कामपनि कछुवागतिमा चलिरहेकोले रेलमार्ग निर्माणपनि तिव्र रुपमा सञ्चालन हुन नसक्ने आशंका स्थानीय बासिन्दाहरुको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.