नेपाल फ्रेण्डसिपको पहल

२९ मंसिर । भारतको संसदमा नेपाल फ्रेण्डसिप समिति गठन गर्न पहल भइरहेकोछ ।
बीरगञ्जस्थित भारतीय बाणिज्य दूतावासकी काउन्सुलर जेनरल अञ्जु रञ्जनले नेपाल भारतको मैत्रीलाई भारतीय सर्वोच्च निकाय संसद सम्म पु¥याउने बताएकी छन ।
नेपाल र भारत भौगोलिक रुपमा दुई राष्ट्र भएपनि बोलीचाली, रहनसहन, खानपिन, बेटी रोटी, भाषा मिल्ने असल छिमेकी रहेको उल्लेखगर्दै नेपाल र भारतबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनु पर्नेमा जोड दिइन ।
भारतले नेपालको विकासप्रति सचेत र पूर्ण सहयोगी रहेको जनाउ“दै स्वास्थ्य, शिक्षा, कृषि, सडक लगायतका थुप्रै क्षेत्रहरुमा सहयोगीको भूमिका निर्वाह गर्न तत्पर रहेको उनले बताइन ।

0 comments

Write Down Your Responses

Powered by Blogger.