खाना पकाउने ग्यासका २० लाख सिलिन्डर दुर्घटनाको उच्च जोखिममा
२० मंसिर, काठमाडौं । खाना पकाउने ग्यासको प्रयोग वर्सेनि बढ्दै गए पनि पुनः प्रयोग हुने सिलिन्डरको प्राविधिक र सुरक्षा कमजोरीले दुर्घटना जोखिम बढेको छ । देशभर प्रयोगमा रहेका करिब ५० लाख सिलिन्डरमध्ये करिब २० लाख सिलिन्डरमध्ये करिब २० लाख प्राविधिक जोखिममा रहेको नापतौल तथा गुणस्तर विभागले जनाएको छ ।
एकपटक प्रयोग गरी पुनः भरिने सिलिन्डरमा लिकेजलगायत प्राविधिक विषयमा कुनै पनि सरकारी मापदण्ड नरहेको कारोबार दैनिकमा खबर छ । भल्ब नमिलेका, फुटरिङ तथा नेकरिङ गरिएका सिलिन्डर हाइड्रो टेस्ट जस्ता प्राविधिकर र सुरक्षा परीक्षणबिनै बनजार पठाइन्छ ।
सामान्यतया एउटा सिलिन्डर सही तरिकाले ‘ह्यान्डिल’ भए ४० वर्षसम्म निरन्तर प्रयोग गर्न सकिने विभाग बताउँछ । तर, पुनः बोटलिङ गरिने सिलिन्डरका लागि सरकारले अहिलेसम्म मापदण्ड बनाउको छैन् । यद्यपी, नयाँ सिलिन्डर भने भारतीय मापदण्ड अनुसार बजार पठाइदै आएको छ ।
विभागका प्रवक्ता विश्वबाबु पुडासैनी बोटलिङ प्लान्टले मापदण्ड पूरा नगर्दा दुर्घटना हुने गरेको बताउँछन् ।
0 comments
Write Down Your Responses