जिल्ला स्तरिय भारोत्तोलन प्रतियोगिता सम्पन्न

२९ मंसिर । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मूल नाराका साथ धनुषामा पहिलो पटक जिल्ला स्तरिय भारोत्तोलन प्रतियोगिता शुक्रवार जनकपुरमा सम्पन्न भएको छ ।
धनुषा जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा ८५ केजी तौल समूह तर्फबाट उज्जवल कुमार मिश्र प्रथम हुन सफल भएका छ भने ७७ केजी तर्फबाट संतोष कुमार मिश्र प्रथम र रामशुसिल यादव दोस्रो भएका छन ।

भारोत्तोलन प्रशिक्षक अनिल कुमार मिश्रले जनाए अनुसार ६९ केजी समूह तर्फबाट सरोज यादव प्रथम, कामेश्वर पूर्वे दृतीय र विनोद साह तृतिय भएका छन । ६२ केजी तौल समूह अन्तर्गत जीतेन्द्र कुमार यादव प्रथम, अशोक कुमार यादव दृतिय र सुजीत कुमार झा तृतिय, ५६ केजी तौल समूह अन्तर्गत अनिष लाल दास प्रथम, रंजीत कुमार यादव दृतिय र संतोष कुमार यादव तृतिय हुन सफल भएको भारोत्तोलन प्रशिक्षक मिश्रले बताए ।

आयोजक धनुषा जिल्ला खेलकुद विकास समितिका जिल्ला अध्यक्ष मीनबहादुर जर्घामगरको अध्यक्षता तथा सहायक प्रमुख जिल्ला अधिकारी हरि वास्तोलाको प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रमका बीच खेलका बिजेतहरुलाई प्रशंसा पत्रले सम्मान समेत गरिएको थियो । सो अवसरमा भारोत्तोलनका सहयोगी प्रशिक्षक शत्रुधन यादव, करांतेका प्रशिक्षक रामचन्द्र ठाकुर, क्रिकेट प्रशिक्षक नवीन सिंह, टेबुल टेनिस प्रशिक्षक अनिल घिमिरे, भलिवल प्रशिक्षक भरत यादव, ताइकान्डो प्रशिक्षक सुवर्जी मगर ,खेलकुद विकास समितिका सचिव प्रदिप शर्मा लगायको उपस्थिति थियो ।

यता जनकपुर टुडेसंग कुराकानी गर्दै भारोत्तोलन प्रशिक्षक अनिल मिश्रले खेलकुद मनोरंजनका साथै स्वास्थ्यको दृृष्टिकोणले महत्वपुर्ण भएकाले यसको विकासमा जोड दिनुपर्ने             बताए । खेलकुदको महत्व राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका समेत हुनेभएकाले यसको विकासका लागि आफूहरु पनि लागि परेको बताए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.