क्रिकेट खेलाडी अनिल मण्डललाई सम्मान
२७ मंसिर । इतिहास रच्ने नेपाली क्रिकेट टोलीको अहंम सदस्य धनुषाका अनिल मण्डललाई बुधबार जनकपुरमा भव्य स्वागत गरिएकोछ । महाबीर युवा कमिटी जनकपुरले खेलाडी मण्डललाई विशेष कार्यक्रम आयोजनगरि भव्य स्वागत र सम्मान गरेकोछ ।
विश्व कप ट्वान्टी २० क्रिकेट प्रतियोगितामा सहभागि हुने महत्वपूर्ण अवसर प्राप्त गर्न सफल नेपाली क्रिकेट टोलीका खेलाडीहरु मध्ये मण्डल चर्चित नाम नाम हो ।प्रशिक्षणको क्रममा रहेका खेलाडी मण्डल दुई दिने विदाको क्रममा मातापिता भेटन पैतृक गाउ“ धनुषाको मिथिलेश्वर मौवाही आएका थिए ।
कुनै बेला क्रिकेट टोली बनाएर प्रतियोगिताहरुमा सहभागिता जनाउने महाबीर युवा कमिटीले युवा क्रिकेटर मण्डललाई सम्मान गरेकोछ ।कमिटीका अध्यक्ष विश्वनाथ साहको अध्यक्षतामा भएको सम्मान समारोहमा बिभिन्न खेलका प्रशिक्षक, खेलाडी, क्लवका वर्तमान,पूर्ब पदाधिकारीहरुको सहभागिता थियो ।कार्यक्रममा जनकपुर क्रिकेट एशोसिएशनका अध्यक्ष हिरा भगतले ११ हजार नगद र क्षेत्रिय क्रिकेट समिति क्षेत्र नम्बर ७ ले २१ हजार नगद दिने घोषणा गरे ।
खेलाडी मण्डललाई नगर परिक्रमापनि गराइएको थियो ।नेपाली क्रिकेट क्षेत्रमा जनकपुरको नाम अग्रस्थानमा रह“दै आएकोछ ।जनकपुरका उत्तम कर्माचार्यदेखि अनिल मण्डल सम्मले यस भेगको गौरवपूर्ण प्रदर्शन गरेकाछन । राष्ट्रिय क्रिकेट टोलीमा जनकपुरका कयौं खेलाडीहरु परेका थिए ।तर राज्य पक्षबाट खेलाडीहरुलाई गर्नुपर्ने भरणपोषण हुन नसक्दा अत्यन्त क्षमतावान खेलाडीहरु विस्थापित भएकाछन ।
धनुषामापनि जिल्ला विकास समिति, नगरपालिका, गाउ“ विकास लगायतका सरकारी र बिभिन्न व्यवसायिक र औद्योगिक प्रतिष्ठानहरुले खेलकुदको क्षेत्रमा उदारतापूर्बक सहयोग गर्नु आवश्यक रहेको भारत्तोलनका प्रशिक्षक अनिल मिश्र बताउ“छन ।राष्ट्रका लागि खेल्ने खेलाडीहरुलाई जिवकोपार्जनको व्यवस्था राज्य र सम्बद्ध निकायहरुबाट हुनैपर्नेमा महाबीर युवा कमिटीका पूर्ब अध्यक्ष सुनिल साह बताउ“छन ।
‘खेलाडीहरुलाई खेलमै केन्द्रित गर्न आर्थिक सहयोग आवश्यक छ ’शाह केबुलका सञ्चालक बैद्यनाथ साहले भने–खेलकूदको क्षेत्रमा सबै निकायहरुले सहयोग गर्नुपर्छ ।खेलाडीहरुले बिभिन्न निकायमा सोझै नियुक्तीगरि खेलकुदमै लागि रहने वातावरण बनाउनुपर्र्नेमा उनले जोड दिए ।

आफ्नो मत व्यक्त गर्नुहोस्
0 comments
Write Down Your Responses