सिन्धुलीको जुनार चीन लगिदै
सिन्धुलीको पहाडी क्षेत्रमा नगदेवालीको रुपमा उत्पादन हुने गरेको जुनार विक्रीको लागी यस वर्ष देखी छिमेकी देश चिन लैजाने तयारी भएको छ । जुनार विकास संघ सिन्धुलीका अनुसार चिन सरकारसँग सम्झौता गरी त्यहाँको विभिन्न प्रान्तमा जुनार विक्रीको लागी लैजाने तयारी अन्तीम चरणमा पुगेको छ ।
जुनार ग्रेडीङ्ग तथा प्याकिङ्ग गर्ने तयारी भैरहेको जुनार विकास संघका उपाध्यक्ष कृष्ण प्रसाद गौत्मले वताउनुभयो । प्याकिङ्ग सकिए लगत्तै चिनमा जुनार पठाईने गौतमले वताउनुभयो । नेपालसँग सिमाना जोडीएको उत्तरी मुलुकमा जुनारको व्यापार गर्न सके कृषकले अझ राम्रो आम्दानी लिन सक्ने नेपाल सरकार तथा जुनार विकास संघको रहेको छ गौतमले भन्नुभयो ।
सिन्धुलीमा उत्पादन भैरहेको जुनार उद्योग वाणिज्य संघको पहलमा नेपाल सरकार मार्फत चिन पठाउने तयारी भएको हो । हाल सिन्धुलीको ४५ गाँउ विकास समितीको १६ सय हेक्टर क्षेत्रफलमा जुनार खेती भईरहेको छ भने आगामी वर्षमा २१ सय हेक्टर क्षेत्रफलमा जुनार खेती विस्तार गर्ने लक्ष रहेको जुनार विकास संघ सिन्धुलीले जनाएको छ । यस वर्ष सिन्धुलीमा जुनार उत्पादनमा वृद्धी भएको छ ।
जुनारको लागी मौषम अनकुल भएकोले गत वर्ष भन्दा यस वर्ष २५ प्रतिशतले जुनार उत्पादनमा वृद्धि भएको जुनार विकास संघले जनाएको छ । गत वर्ष सिन्धुलीमा ९ हजार ८ सय ४० मे.टन जुनार उत्पादन भएको थियो । भने यस वर्ष १२ हजार मेटन जुनार उत्पादन हुने अनुमान जुनार विकास संघले गरेको छ ।
वाशेश्वर गाविस नाकाजोलीका जुनार कृषक हस्तवहादुर मगर मौसम राम्रो भएकोले जुनार उत्पादनमा वृद्धि भएको वताउनुभयो । जुनार फुल्ने वेला तथा चिचीला लाग्ने वेलाहा असिना पानी परेन भने जुनार उत्पादन राम्रो हुने गरेको छ ।
सिन्धुलीको जलकन्या, तिनकन्या, वाशेश्वर, रतनचुरा, वितीजोर तथा भुवनेश्वरी गाविसलाई जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जुनार पकेट क्षेत्र घोषणा गरि काम भै रहेको कृष विकास कार्यालयका वाली संरक्षण अधिकृत देवराज अधिकारीले वताउनुभयो ।
नाका जोलीका अर्जुन कोइरालाले यस वर्ष ६ लाख रुपैयाँ जुनार विक्रीवाट आम्दानी गरेको मगरको भनाई छ । जुनार उत्पादन वाट राम्रो आम्दानी भए पछि जुनार कृषकहरुको जीवन सैलीनै परिर्वतन भएको छ । अहिले हरेक जुनार कृषकको घरमा सोलार, घरको छानामा टिको जस्ता प्रयोग भएको छ ।

0 comments
Write Down Your Responses