आफ्नै संस्थाकी म्यानेजरमाथि बलात्कार प्रयासको आरोप

महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका वेला बाँकेमा एक महिलामाथी आफ्नै संस्थाका अध्यक्षले बलात्कारको प्रयास गरेको आरोप लागेको छ । महोत्तरीको एक अध्यक्षले आफ्नै सहकारीकी म्यानेजरलाई सहकारीको समन्वय तथा अनुगमन सम्बन्धी तालिममा सहभागी गराउने भन्दै बाँकेको  कोहलपुर ल्याएर बलात्कारको प्रयास गरेको आरोप लागेको हो ।
महोत्तरीको साना किसान कृषि जागरण सहकारी संस्था बर्दिवासका अध्यक्ष  सुरेन्द्रराज लामाले नेपालगञ्ज सहकारीको तालिमका लागी जाउँ भन्दै म्यानेजरलाई ल्याएको पीडितले बताएकी छिन् । सिन्धुली ढुङ्ग्रेबास घर भएकी पिडित महिलाको अनुसार  शुक्रवार नेपालगञ्जमा सहकारीको समन्वयन तथा अनुगमन सम्वन्धी कार्यक्रम छ भनेर महोत्तरीबाट बिहिवार ३ बजेको गाडीमा हिँडेका थिए । बिहान ४ बजे कोहलपुर चौराहामा ओर्लेपछि होटलमा जान लामाले भने पनी आफुले नमानेपछि त्यहीँ हातपात गर्न खोजेका थिए । तर, आफू चिच्चाएर बचेको उनको भनाई छ । 
पिडित महिला चिच्चाएको सुनेपछि पत्रकार सिपी देवकोटा र उनका साथीले अभियुक्त लामालाई पक्रिन खोज्दा भागेका थिए । हामीले पक्रने प्रयास गरिरहेका थियौँ, पत्रकार देवकोटाले भने ऊ भाग्यो तर उसको नागरिकता भने हामीले पक्रन  सफल भयौँ ।
आफन्त कोही पनि यहाँ नभएकी उनलाई पत्रकारको सहयोगमा ईलाका प्रहरी कार्यालय कोहलपुर लगिएको थियो । पिडित महिलाले शुक्रवारै  ईलाका प्रहरी कार्यालयमा निवेदन दिएकी छिन् । यता ईलाका प्रहरी कार्यालय कोहलपुरले भने जिल्ला प्रहरी कार्यालय महोत्तरीमा मुद्धा दर्ता गर्न आग्रह गरेको छ । आफुलाई संस्थाको कार्यक्रम भनी ढाँटेर जर्बजस्ती गर्न खोज्ने लामालाई महोत्तरी गएर मुद्धा हाल्ने पिडित महिलाले वताएको भन्दै नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.