एमाले सचिवालय बैठकमा सभासद् छनोटका विषयमा छलफल
नेकपा एमाले सचिवालयको बैठक आज बस्दैछ । दिउँसो पार्टी केन्द्रीय कार्यालय मदननगर बल्खुमा बस्ने बैठकमा यसअघि केन्द्रीय समिति बैठकले समानुपातिक सभासदहरुको अन्तिम नामावली छनोट गर्न तय गरेको मापदण्ड र अन्य राजनीतिक विषयमा छलफल गर्ने एमालेले जनाएको छ ।
केन्द्रीय समितिको बैठकमा पार्टीले संगठन सुदृढीकरण तथा विस्तारका लागि एक महिने विषेश अभियान सञ्चालन गर्न स्थायी कमिटीले मातहतका कमिटीलाई प्रेरित गर्ने संविधानसभा निर्वाचनको समीक्षा प्रतिवेदन निर्वाचन क्षेत्र, जिल्ला र अञ्चल समन्वय कमिटीले आ आफ्नो क्षेत्रमा तयार गरी केन्द्रलाई पठाउनुपर्ने निर्णय गरेको थियो ।

आजको बैठकले समसामयिक राजनीतिक तथा संविधान निर्माण तथा सहमतिको सरकार गठनका लागि पार्टी स्थायी कमिटीले गठन गरेको वार्ता तथा छलफलका विषयमा पनि समीक्षा गर्ने एमालेले जनाएको छ । साथै संविधान निर्माण तथा सरकार गठनका लागि भएका छलफल र पार्टीले आगामी दिनमा चाल्ने कदमका बारेमा छलफल हुने महासचिव इश्र्वर पोखरेलले जानकारी दिनुभयो ।
0 comments
Write Down Your Responses