राहत पाएनन् बास्तविक पीडितले द्वन्द्वको पीडा
मंसिर १८ - खलंगा ७, तिमिलेका ३६ बर्षीय हरिबहादुर थापाको आँखाको ज्योति गुमेको छ । सशस्त्र द्वन्दका कमाण्डर थापाले अर्घाखाँची आक्रमणमा दुबै आँखाको ज्योति गुमाएका हुन् । अर्काको सहारामा आवतजावत गर्न वाध्य थापाले द्वन्दपीडित राहात भने पाउन सकेका छैनन् ।
हाल खलंगा ८, मैदे बस्दै आएका थापाले ०५५ देखि ०५९ सालसम्म जनमुक्ति सेनाको बटालियन सहायक कमाण्डरको रुपमा काम गरेका थिए । अर्घाखँचीको सन्धिखर्क युद्धमा बम विस्फोटनबाट थापाको आँखाको ज्योति गुमेको हो । जनयुद्धमा पाचकाटीया, लहँ, सल्यानको दामाचौर, सन्धिखर्क लगायत स्थानमा लडेको थापा बताउँछन् ।
परिवारका सदस्यको सहारामा आवतजावत गर्ने उनी उपचारमा कसैले सहयोग नगरेको बताउँछन् । ‘शान्तिकाल पछि युद्ध लडेको पार्टी सरकारमा जाँदा पनि उपचारमा कुनै सहयोग हुन सकेन’ उनी दुखेसो पोख्छन् । श्रीमती, २ छोरा र १ छोरी भएका थापालाई आर्थिक समस्याले त्यत्तिकै पिरोल्ने गरेको छ ।
‘पेशा ब्यवसाय गर्ने बेला युद्ध लडियो । अहिले कुनै पेशा पनि छैन, काम गर्न पनि सकिंदैन । घर ब्यवहार चलाउन कठिन भएको छ’ थापाले भने, 'अपाँग परिचयपत्र बनाएका उनले जीवन सहारा भत्ताको माग गरेका छन् ।
‘कुनै चोटपटक समेत नलागेकाले उक्त भत्ता पाएका छैन् । तर हामी जस्ताले पाउन सकेनौं’ उनले भने । त्यस्तै जनमुक्ति सेनाले पाएको रकम सरह सुविधा पनि पाउनुपर्ने उनको माग छ ।
त्यस्तै खलंगा ७, तिमिलेकी ५८ बर्षीय हिरा वली राहातका लागि जिल्ला प्रशासन धाउन थालेको ६ बर्ष वित्यो । शसस्त्र द्वन्द्वकी पूर्ण घाईते वली राहत माग्न अरुको बुइं चढेर प्रशासन पुग्ने गर्दा पनि राहत पाउन सकेकी छैनन् । १४ बर्ष अघि द्वन्द्वको बेला तत्कालीन माओबादी कार्यकर्ताले उनलाई कुटपिट गरी खाल्डोमा पुरेका थिए । माओबादीले मर्यो भनेर खाल्डोमा पुरेर भागे लगत्तै भाइ पिथे पुनले उक्त खाल्डोबाट निकालेर बचाएको वलीले बताईन् ।
प्रहरी चौकी पाचकाटीयामा माओबादी विरुद्ध सुराकी गरेको भन्दै माओबादी कार्यकर्ताले कुटपिट् गरी खुट्टा समेत भाचेर खाल्डोमा पुरेको उनी बताउँछन् । दुबै कान नसुन्ने उनको कम्मर तलको भाग नचल्ने भएको छ । ८ बर्षदेखि उनको दिशा पिशाव ओछ्यानमै हुने गरेको छ । उनी बुहारीको बुईं चढेर जिल्ला प्रशासन कार्यालयमा राहत माग्न आउने गरेपनि पाउन सकेकी छैनन् ।
पूर्ण अपाँगको हैसियतले २ लाख राहत र सहयोगीको समेत गरी मासिक १२ हजार ४ सय जीवन निर्बाह भत्ता पाउनु पर्ने पीडित वलीको माग छ । सामान्य चोट पटक र हात भाँचिएकाले समेत २ लाख राहात सहित मासिक १२ हजार ४ सय बुझ्दै आएका छन् । तर थापा र वली जस्ता वास्तविक पीडितले राहात पाउन सकेका छैनन् ।

0 comments
Write Down Your Responses