गच्छदार र सरतसिंहद्वारा प्रचण्डलाई बेवास्ता, बोगटी भन्छन- महराले पार्टी र प्रचण्ड बिगार्ने भए

शक्तिकेन्द्र हुनुका नाताले गाँसिएको सम्बन्ध शक्तिकेन्द्रबाट उत्रिएपछि काम लाग्दैन भन्ने कुरा नबुझ्दा प्रचण्डले फेरी एकपटक धोका खाएका छन् । निर्वाचन परिणामसँग असन्तुष्ट साना १५ दलको नेतृत्व गरिरहेका प्रचण्डले सोमबार बैठक बोलाएका थिए । तर, बैठकमा बिजय गच्छदार र सरतसिंह भण्डारीको पार्टी उपस्थीत रहेन् । बुधबार प्रकाशित जनआस्था साप्ताहिकका अनुसार सुरुदेखि नै उनीहरु अनुपस्थीत रहेपनि प्रचण्डले त्यसलाई धोकाका रुपमा  “read more” बुझिसकेका थिएनन् । सोमबार उनले आफ्नै मोबाइलबाट बिजय गच्छदारलाई तीनपटकसम्म फोन गरे । प्रचण्डको फोन आएको चाल पाइरहेका गच्छदारले उनको फोन उठाएनन् । हातले ‘भैगो-भैगो’ भनेजस्तो इसारा गरेर फोन पन्छाए । प्रचण्डले सके आफै नभए कोही प्रतिनिधि १५ दलको वैठकमा पठाइदिन भन्न खोजेका थिए । अब प्रचण्डपक्षीय राजनीति निष्काम भएको बुझिसकेका गच्छदारले किन उनलाई पुछ्थे र ? उनले सरतसिंह भण्डारीसँग पनि कुरा गरे । तर उनले १५ दलीय मोर्चामा आफु सहभागी नुहने जवाफ दिए । स्रोतका अनुसार समानुपातिकबाट तीन जना सभासद् छान्न पाउने भण्डारीको पार्टीले काँग्रेस नेतृत्वको सरकारमा सहभागी हुनेगरी कुरा मिलाइसकेको छ ।
मातृकाले पनि फोन काटे
प्रचण्डको फोन काट्नेमा गच्छदार र भण्डारीमात्र छैनन, कुनैबेला उनकै बिश्वासपात्र समेत रहेका तर पछि पार्टी छाडेका मातृका यादव पनि छन् । एमाओवादी नेता पोष्टबहादुर बोगटीले प्रचण्डले कुरा गर्न खोजेको भन्दै मातृकासँग समय मिलाउन खोजेका थिए । तर, उनले प्रचण्डसँग भेटदिन, भेटने भए हामी भेटौं’ भन्दै उनी बोगटी निवास पुगेका थिए । आफुकहाँ आएका बेला प्रचण्डलाई फोन गरेर बोगटीले ‘लौ बोल्नुहोस’ भन्दै मातृकालाई फोन थमाएका थिए । मातृकाले भने म बोल्दिन भन्दै फोन काटिदिए । प्रचण्डसँग कुरा नभएपनि मातृकाले बोगटीसँग भने खुलेर कुरा गरेको जनआस्था साप्ताहिकले छापेको छ ।
बोगटीले भने- महराले प्रचण्ड र पार्टी दुवैलाई बिगार्ने भए
भेटमा बोगटीले मातृकासँग खुलेरै कुरा गरे । उनले सहयोग गर्न आग्रह गरेपछि मातृकाले भने- तपाईसँग मिल्यो भने त भएका कार्यकर्ताले पनि छाडेर हिडछन । तपाईहरु यति बदनाम हुनुभएको छ कि आन्दोलनमा आएका मान्छे पनि भाग्छन ।’
बोगटीले भने ‘अब हामीबाट क्रान्ति हुन्न,तर नेतृत्वमा अध्यक्षको बिकल्प छैन, तपाई पनि सक्नुहुन्न, किरण दाईले पनि सक्नुहुन्न, सीपी, बादलजी, म लागेर पार लाग्दैन, लौ हामी सवै मिलेर आन्दोलनबारे सोचौं, नेतृत्वबारे कुरा गर्दै गरौंला ।’ चुनावी परिणामबारे खुलेर कुरा गरेका बोगटीले आफ्नो क्षेत्रका ५० प्रतिशत कार्यकर्ता बैद्यतिर गएका कारण आफु हार्ने पहिले नै निश्चित भइसकेको बताए । धाँधलीको कुरा राजनीतिक भएपनि मुख्य कुरा पार्टी सुधार्नेपर्ने भन्ने उनको निष्र्कष थियो । उनले प्रचण्ड महराको लहैलहैमा लागिरहेको र यसले पार्टी र प्रचण्ड दुवैलाई बिगार्ने बताए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.