१० विग्हाको गाँजा फडानी

महोतरीमा प्रहरीले गाजा फडानी गर्न विशेष अप्रेसन चलाएको छ । महोतरीका एक दर्जनभन्दा बढी गाउ विकास समितिका स्थानीय किसान हिउदे बाली लगाउन व्यस्त भइरहेका बेला प्रहरी भने गाजा फडानीमा जुटेको हो ।
जिल्ला प्रहरी कार्यालय महोतरीबाट सोमवार खटि गएको प्रहरी टोलीले डाम्ही मडै वडा नंम्बर ९को रतवारा र कोल्हुवा बगेया गाविसमा अवैध रुपमा लगाईएका एक विग्हा १०  काको गँजा फडानी गरी नष्ट पारेको प्रहरी नायवउपरिक्षक राजेन्द्रबाबु रेग्मीले बताउनु भयो ।
महोतरीका किसानहरुले  लुकिछिपी लगाएको गँजा प्रहरी टोलीले खोजीखोजी फडानी गर्न थालेका छन ।

लागुऔषधका रुपमा लिइने गँजाखेती महोतरीमा  किसानहरुले परम्परागत खेतीका रुपमा लगाउदै आएका छन । बढी नाफा हुने भएकोले प्रहरीको पहुच नपुग्ने स्थानमा गँजा लगाए पनि सुराकीका अधारमा प्रहरीले त्यस्ता गँजाखेती नष्ट गर्दै आइरहेको छ ।
भारतीय बजारमा प्रतिकेजी दुई हजार भारुसम्ममा बिक्रि हुने गाजा नेपालमा भने लुकिछिपी एक हजार पाच सय रुपैयँ प्रतिकेजीमा बिक्रि हुने गर्छ । एक कामा खेती गरिएको गाजाबाट किसानलाई लाख रुपैयासम्म आम्दानी हुनेगर्छ । महोतरी लगायत नेपालको तराई भूभाग विश्वमै गुणस्तरीय गाजाको लागि उपयुक्त क्षेत्र मानिन्छ ।
अधिल्लो वर्षहरुमा अवैध रुपमा लगाइने गँजा खेतमै नष्ट गर्नुका साथै प्रहरीले चेतनमूलक कार्यक्रमहरु सञ्चालन गर्दै आए पनि यसको खेती गर्ने क्षेत्रमा र यस उत्पादन गरिने परिमाणमा कमी आउनुका सट्टा वृद्धि हुदै गएको छ ।
यस जिल्लाको पश्चिम र उत्तरी क्षेत्रका दर्जनभन्दा बढी गाविसमा हुँदै आएको यसको खेती नष्ट गर्ने र यसको खेती गर्न निरुत्साहित गर्ने भन्दै सालिन्दा सर्वपक्षीय बैठकले निर्णय गरे पनि यसपटक  जिल्ला प्रशासन महोतरीमाबैठक पनि बसेन ।

लागूऔषध नियन्त्रण ऐन २०३३ मार्फत अवैध घोषित गर्नुअघि नै यहाँका ग्रामीण भेगमा गाजा खेती हुदै आएको छ । 
 प्रहरी प्रशासनको गतिविधिका कारण मनोबल उच्च भएका लागू औषध कारोवारीले यस वर्ष बनक्षेत्रमा पनि ठूलो परिमाणमा गाजा खेती गरेका छन् । यहँ उत्पादित गाजा र अफिम तस्करी भई भारतको विभिन्न शहरमा पुग्ने गर्छ ।
जिल्लामा हालसम्म यसको खेती कति गरिन्छ, सोको आधिकारिक तथ्यांक जिल्ला कृषि विकास कार्यालय प्रहरी र स्थानीय प्रशासनसँग छैन् । यस खेतीको परिणाम तथ्यांकअनुसार पाच सयदेखि एक हजार विगाहसम्मको जग्गामा खेती लगाइएको अनुमान स्थानीय किसान र यस कार्यमा संलग्न व्यापारीहरुको छ ।
जिल्ला प्रहरी कार्यालय अपराध अनुसन्धान शाखा महोत्तरीका अनुसार यसको खेती गर्ने अभियोगमा फरार २३ जनालाई पक्राउ पुर्जी जारी गरेको तथा यिनीहरुको खोजतलास तदारुकताका साथ भइरहेको जनाइएको छ ।
आफ्नो मत व्यक्त गर्नुहोस्

0 comments

Write Down Your Responses

Powered by Blogger.